बेनिशा भन्छिन् – ‘परीक्षाको बेला रातभर नसुती पढ्थें’
२०६३ सालमा चितवनको गीतानगरस्थित अरुणोदय माध्यमिक विद्यालयबाट एसएलसी दिएँ । प्रथम श्रेणीमा उत्तिर्ण भएँ । त्यतिबेला एसएलसीलाई आइरन गेटको संज्ञा दिइन्थ्यो । त्यो गेट पार गर्दा म १५ वर्षकी थिएँ । त्यसो त खुशीको कुनै सीमा थिएन ।
त्यसपछि विज्ञान पढ्ने लक्ष्यमा पूर्णबिराम लाग्यो । मलाई मिडियामा पनि रुची थियो । अनि पत्रकारिता र अङग्रेजी विषय लिएर चितवनकै शान्ति एकेडेमीमा भर्ना भएँ ।
एसएलसी उत्तिर्ण हुने बित्तिकै प्लस टुमा के विषय पढ्ने ? कहाँ पढ्ने भन्ने कुराले घच्घच्याउन थाल्यो । विज्ञान विषय लिएर पढ्ने सोच बनाएँ । यसबारे परिवार आफन्तसँग सल्लाह पनि लिएँ । तर, म गणितमा कमजोर थिएँ । त्यसैले सबैले विज्ञान विषय नपढ्न सल्लाह दिनुभयो । तर, मेरो सपना विज्ञान विषय नै पढ्ने थियो । त्यसैले अर्किट साइन्स कलेजमा विज्ञान विषयमा अध्ययन गर्ने निधो गरेँ । तर, अर्किटमा विज्ञान विषयका लागि प्रवेश परीक्षाको समयसीमा सकिएछ ।
त्यसपछि विज्ञान पढ्ने लक्ष्यमा पूर्णबिराम लाग्यो । मलाई मिडियामा पनि रुची थियो । अनि पत्रकारिता र अङग्रेजी विषय लिएर चितवनकै शान्ति एकेडेमीमा भर्ना भएँ । प्लस टु अध्ययन गर्दै गर्दा कालिका एफएमले ‘आइडल आरजे कम्पिटिसन’ गराएको थियो । त्यसमा म छनोट भएर एफएममा काम गर्ने मौका पाएँ । काम गर्न थालेपछि पढाईमा अवरोध हुन्छ नै ।
तर, मैले दुवैलाई व्यवास्थापन गरें । बिस्तारै परीक्षाको समयमा मात्र पढाईमा केन्द्रीत हुने बानी लाग्यो । त्यसैले परीक्षाको समयमा रातभर नसुती पढ्थें । यो मेरो बच्चैदेखिको बानी हो । मेरो धेरै साथी बनाउने बानी थिएन । कलेजमा पढ्दा काम सुरु गरेकाले त्यहाँ पनि साथी बनाउने समय नै भएन । फेरि, घरबाट पनि पढाईलाई नै प्राथमिकता दिनुपर्छ भन्नुहुन्थ्यो । जसकारण प्लसटुुमा साथीहरुसँग घुम्न जाने, रमाइलो कमै गरियो ।
मलाई पैसाको अभावले काम गर्नुपर्ने बाध्यता भने थिएन । घरबाट पढाई खर्च दिनु हुन्थ्यो । मैले कमाएको पैसा घरमा बुझाउनु पर्दैनथ्यो । त्यति हुँदा पनि मैले पैसा जोगाउन सकिन ।
प्लसटु सकेपछि स्नातक तह अध्ययनका लागि काठमाडौँ आएँ । कान्तिपुर कलेज अफ विजनेश म्यानेजमेन्ट एण्ड ह्यूमानिटिज (के एण्ड के) मा भर्ना भएँ । यहाँ पनि पत्रकारिता र अङ्ग्रेजीलाई मूख्य विषय बनाएँ । काठमाडौँ आएपछि पढाईतर्फ ध्यान कम जान थाल्यो । यहाँ आएर पनि केही काम गर्ने सोच बनाएँ । चितवन हुँदा एफएममा काम गरेकाले मिडियामै काम पाए हुन्थ्यो भन्ने सोच थियो ।
तर, मलाई पैसाको अभावले काम गर्नुपर्ने बाध्यता भने थिएन । घरबाट पढाई खर्च दिनु हुन्थ्यो । मैले कमाएको पैसा घरमा बुझाउनु पर्दैनथ्यो । त्यति हुँदा पनि मैले पैसा जोगाउन सकिन ।
बिस्कुट भए पुग्थ्यो
कलेज लाइफमा मेरो फेभरेट खाजा भनेकै बिस्कुट हुन्थ्यो । त्यसो त मेरो ब्यागमा सधैं कुकिज हुन्थ्यो । व्याचलर पढ्दा साथीले मलाई जिस्काएर ‘तेरो बिहे त बिस्कुट फ्याक्ट्री भएकोसँग गर्नुपर्छ’ भनेर जिस्काउँथिन् । जो अहिलेसम्म पनि याद छ ।
स्नातक अध्ययन गर्दै गर्दा मैले च्यानल नेपालमा काम गर्न थालें । त्यहाँ केही समय काम गरेपछि नेपाल टेलिभिजनमा चलचित्रसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न थालेँ । त्यसैबेला मलाई केही चलचित्रमा अभिनय गर्न प्रस्ताब आउन थाल्यो । मेरो रूची मोडलिङतर्फ पनि भएकाले केही म्यूजिक भिडियोमा अभिनय गरेँ । तर, चलचित्र क्षेत्रमा लाग्ने कि नलाग्ने भन्ने अलमलमै थिएँ ।
साथीहरु प्रेममा पनि पर्थे । यद्यपि, कलेजमा मेरो कसैसँग प्रेम बसेन । मन पराउँछु भन्ने अलि अलि थिए तर, गहिरो र क्रेजी टाइपको प्रेम प्रस्ताव आएन ।
म्यूजिक भिडियोमा अभियन गर्ने क्रममा प्रशन्न पौडेल दाईले तिमीसँग मिल्ने क्यारेक्टर छ भन्दै ‘स्वर’ चलचित्रको स्क्रिप्ट दिनुभयो । त्यो स्क्रिप्टले मेरो मन छोयो । अनि अभिनय गर्ने निधो गरेँ ।
कलेज लाइफमा साथीहरु घुम्न जान्थे । तर, मैले करिअर सुरु गरिसकेकाले त्यति धेरै घुम्न जान पाइनँ । अझै कतिपय साथीहरु प्रेममा पनि पर्थे । यद्यपि, कलेजमा मेरो कसैसँग प्रेम बसेन । मन पराउँछु भन्ने अलि अलि थिए तर, गहिरो र क्रेजी टाइपको प्रेम प्रस्ताव आएन ।
कलेजले अध्ययन भ्रमणका लागि दोलालघाट लगेको थियो । साथै, अनुसन्धानका लागि काभ्रेको पनौतीमा दुई–तीन दिनको लागि गएका थियौँ । समाचारमा गरिबीका कारण किड्नी बेचेको रे ! भन्ने सुनेको थिएँ । तर, त्यो काल्पनिक जस्तो लागेको घटना पनौतीमा साँच्चै देखें । त्यहाँ एक दम्पतीले दृष्ट्रिविहिन हुनुहुन्थ्यो । घरमा काम गर्ने पनि कोही थिएन ।
त्यही पनि एक अर्कालाई एकदमै साथ दिएको देख्दा निकै भावुक थिएँ । यसैगरी मैले गोल्डेन गेट इन्टरनेशनल कजेजबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेको हुँ । जे होस् मैले जतिसुकै अप्ठेरो र व्यस्त भएपनि परीक्षालाई गम्भीर रुपमा लिन्थेँ । त्यसैले परीक्षाको बेला चलचित्रको सुटिङ पर्यो भने म जाँदिनँ ।