English

मलेखुका लिलानाथ भन्छन्, ‘पढ्दै नपढी माछामा पीएचडी गरिसकें’



खोला र पोखरीको माछा देख्ने बित्तिकै पत्ता लगाउँछन् मलेखुका लिलानाथ सिलवाल । माछाका सवालमा कसैले ठग्न सक्दैनन् उनलाई । ‘माछाको विषयमा पढेको त छैन तर, मेरो अनुभव पीएचडीभन्दा कम छैन’, उनी निर्धक्क भन्छन् । सिलवालले मलेखुमा होटल सञ्चालन गरेको ३२ वर्ष बित्यो । माछा पारखीहरुको भीड लाग्छ उनकोमा । तर, पछिल्लोसमय कोरोना भाइरसका कारण भने माछा बजार सुनसान प्रायः छ ।

मलेखु र माछाको इतिहास रमाइलो रहेछ । करिव ४५ वर्ष अघि पोखराका एकजना पोखरेली बाजे गेडागुडीे व्यापारका गर्न मलेखु आउँथे । यहाँबाट गेडागुडी किन्थे र पोखरामा लगी बेच्थे । त्यसैबेला त्रिशुली नदीमा चेपाङहरुले माछा मार्थे । एकदिन त्रिशुलीको माछा ती पोखरेली बाजेले पनि चाखेछन् । उनलाई औधी मनपरेछ । त्यसपछि उनले गेडागुडी व्यापार छाडेर मलेखुमै माछा परिकार बेच्न थालेछन् ।

सामान्य अवस्था हुँदा मलेखुमा दैनिक ६–७ सय केजी माछा खपत हुन्थ्यो । केही वर्ष अघिसम्म त्रिशुली नदीको माछामा निर्भर रहेको मलेखुमा पछिल्लो समय विभिन्न स्थानका माछाले बजार पाउन थालेका छन् ।

पोखरेली बाजेले सुरुवात गरेको माछा व्यापार बिस्तारै फस्टाउँदै गएको सिलवाल बताउँछन् । ‘मलेखुको जन्मदाता भनेकै उनै पोखरेली बाजे हुन्,’ सिलवाल भन्छन्, ‘उहाँ अहिले पनि जिवितै हुनुहुन्छ । हामीले धेरैपटक सम्मान पनि गरिसक्यौं ।’ मलेखु व्यापार व्यवसायको केन्द्र बन्दै गएपछि सिलवाल पनि मलेखु ओर्लिए । उनी आउँदा सुरुमा ६ वटा मात्र होटल थिए । ति पनि निरन्तर चल्दैनथे । चैतदेखि भदौ असोजसम्म बन्द हुन्थे । तर, उनले निरन्तर सञ्चालन गरिरहे । अहिले पनि उनको होटलमा माछा राम्रो खपत हुन्छ । तर, कोरोनाले भने २ वर्ष यता थला पारेको छ ।

सामान्य अवस्था हुँदा मलेखुमा दैनिक ६–७ सय केजी माछा खपत हुन्थ्यो । केही वर्ष अघिसम्म त्रिशुली नदीको माछामा निर्भर रहेको मलेखुमा पछिल्लो समय विभिन्न स्थानका माछाले बजार पाउन थालेका छन् ।

माछा मार्न घरमै मान्छे

मलेखु माछाका लागि प्रख्यात बन्दै गएसँगै माग पनि बढ्न थाल्यो । त्यसैले केही वर्ष अघिसम्म होटल व्यवसायीहरुले घरमै माछा मार्ने मान्छे राख्थे । उनीहरुले मारेको माछाको केजीअनुसार पारिश्रमिक दिने गरिएको सिलवाल बताउँछन् ।

जब त्रिशुली नदीको माछामा मलेखुले विशेष स्वाद दिन थाल्यो त्यसपछि यहाँको बजार चम्कन थालेको सिलवाल बताउँछन् । अहिले मलेखु त्रिशुलीको माछामा मात्र निर्भर नभएपनि उस्तै स्वाद दिन सक्ने यहाँका व्यापारीको खुबी छ ।

उनले पनि घरमा लामोसमय माछा मार्ने मान्छे राखे । ‘कति माछा खपत गर्न सकिन्छ सोहीअनुसार मान्छे राख्नुपथ्र्यो,’ उनी भन्छन्, ‘मैले १३ जना माछा मार्ने मान्छे राखेको थिएँ ।’ तिनीहरुले दैनिक ६० देखि ६५ किलोसम्म माछा मार्थे । उनीहरुले प्रतिकिलो ६० रुपैयाँ पारिश्रमिक पाउँथे ।

३२ वर्षअघिको मलेखु

३२ वर्ष अघिको मलेखु माछामा मात्र निर्भर नभएको सिलवाल बताउँछन् । स्थानीय तहमा उपलब्ध सबै वस्तुहरु विक्रीमा राखिन्थ्यो । ढुंगामाटा र टिनको छानोले छाएका घर थिए । होटल पनि अहिलेजस्ता स्तरीय थिएनन् । ‘लामा बेन्च हुन्थे, त्यसैमा विक्रीका लागि खानेकुराहरु छोपेर राखिन्थ्यो,’ सिलवाल भन्छन्, ‘त्यतिबेला मलेखुको माहोल नै बेग्लै थियो ।’

अनि चम्कियो मलेखु

जब त्रिशुली नदीको माछामा मलेखुले विशेष स्वाद दिन थाल्यो त्यसपछि यहाँको बजार चम्कन थालेको सिलवाल बताउँछन् । अहिले मलेखु त्रिशुलीको माछामा मात्र निर्भर नभएपनि उस्तै स्वाद दिन सक्ने यहाँका व्यापारीको खुबी छ । त्यसैले मलेखुको माछा व्यापारमा तलमाथि नभएको उनको बुझाई छ । ‘त्रिशुली नदी र अन्य नदी अर्थात पोखरीमा पालेका माछाको स्वाद फरक हुन्छ,’ उनी भन्छन्, ‘मलेखुमा माछाका परिकार बनाउने व्यवसायीहरुले त्रिशुलीको माछाको जस्तै स्वाद निकाल्छन् त्यसैले मलेखु माछाको केन्द्र बनिरह्यो ।’

अहिले मलेखुमा स्थानीय माछा मात्र पाइँदैन । विशेषगरी, पोखरीका पालिएका र जनकपुरबाट धेरै आउने गरेको सिलवाल छन् । ‘पहिला पो घर–घरमा माछा मार्ने मान्छे हुन्थे अहिले माछा मार्ने मान्छे छैनन्,’ उनी भन्छन्, ‘जताबाट आएपनि होटलवालाहरुले आफूलाई चाहिने किन्छन् ।’

भिडियो :



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।