English

दाँत चम्किलो बनाउने ५ घरेलु उपाय



दाँत पहेंलो भएर हैरान हुनुहुन्छ । यसको समाधानका यतिबेला बजारमा विभिन्न खाले केमिकल आएका छन् । त्यसको पछि नलाग्नुहोला । घरेलु उपायबाट पनि दाँतलाई सफा र चम्किलो बनाउन सकिन्छ । दाँतलाई सफा र चम्किलो बनाउने घरेलु उपाय यस्ता छन् :

तुलसी

तुलसीमा दाँतको पहेंलोपन हटाउन ठूलो मद्धत गर्छ । यसले पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउँछ । जसका लागि तुलसीको पातलाई घाममा सुकाउने र त्यसको पाउडर बनाएर टुथपेस्टसँग मिलाएर ब्रस गर्दा दाँतमा चमक आउन थाल्छ ।

नुन र तेल

नुन तेलले दाँतलाई सफा गर्दा गिँजालाई स्वस्थ राख्छ भन्ने परम्परागत मान्यता हो । त्यसैले यो चलन अहिले पनि छ । नुनमा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत स्वस्थ हुुनुका साथै चम्किलो पनि हुन्छ ।

सुन्तलाको बोक्रा

सुन्तलाको बोक्राले पनि दाँतलाई चम्किलो बनाउन मद्धत गर्छ । यसको बोक्रालाई घाममा सुकाएर बनाइएको पाउडरलाई दाँत माझिसकेपछि लगाउँदा चमक आउँछ । दाँत ब्रस गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

गाँजर

खाना खाइसकेपछि दिनहुँ गाजर खाने बानीले पनि दाँत चम्किलो बनाउन मद्धत गर्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्छ ।

निम

निमको उपयोग पनि धेरै पहिलेदेखि दाँतको सफाईमा हुँदै आएको छ । दिनहुँ निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिँदैन । साथै, दाँत पहेंलो हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested