आँचल भन्छिन् – ‘कलेजमा प्रेम प्रस्ताव थुप्रै आए, वास्तै गरिनँ’
२०६९ सालमा काठमाडौँ इन्टरनेशनल स्कूलबाट एसएलसी दिएँ । नतिजा राम्रो आयो । त्यसपछि अब कक्षा ११ कहाँ पढ्ने के पढ्ने सबैलाई चिन्ता र चासो हुन्छ । मलाई पनि त्यसो हुनु स्वभाविक नै थियो । मेरो समाजसेवातर्फ झुकाव थियो त्यसैले मानविकी संकायमा अध्ययन गर्ने सोच बनाएँ । सोही अनुसार ट्रिनिटी इन्टरनेशनल कलेजमा कक्षा ११ मा भर्ना भएँ ।
कलेज जीवनमा सबैको तीता, मीठा अनुभव हुन्छन् । मेरा पनि छन् । म कलेजमा जेहेनदार विद्यार्थीभित्र पर्थें । साथीहरु कलेज बङ्क गरेर घुम्न जान्थे, होटल रेष्टुरेन्टमा बस्थे तर, मैले त्यस्तो कहिल्यै गरिनँ । कलेजका मेरा साथीहरु पनि त्यस्ता स्वभावका थिएनन् । त्यसैले कलेज लाइफमा जुन खालको रमाइलो गर्नुपथ्र्यो त्यो गरिएन जस्तो लाग्छ ।
मलाई मनपराउने थुप्रै थिए । कलेज सकिने अन्तिम समयमा एकजना केटाले प्रेम प्रस्ताव राखेका थिए मैले वास्तै गरिनँ ।
टिफिन टाइमा साथीहरुसँग क्यान्टिनमा खाजा खाइन्थ्यो । छोले भटुरे, सी मःम र चाउमिन प्रायः खाइन्थ्यो । कलेजमा मेरो एकदुई जनामात्र मिल्ने साथी थिए । त्यसमध्ये सक्रिन एकदमै मिल्ने थिइ ।
प्लस टु अध्ययन गर्दा कलेजले हामीलाई शैक्षिक भ्रमणका लागि पोखराको धम्पुस लगेको थियो । पोखरा बजारबाट धम्पुससम्म ३ देखि ४ घण्टाको ट्रेकिङ गएका थियौं । त्यत्तिकैमा ए लेबलका विद्यार्थी छिटो पुग्ने की मानविकीका विद्यार्थी भन्ने प्रतिस्पार्धा भएको थियो । म केटीतर्फ दोस्रो भएको थिएँ ।
त्यो प्रेम प्रस्ताव
प्लस टु अध्ययन गर्दाको उमेर भनेको चन्चले नै हुन्छ । साथै, नयाँ नयाँ साथीहरु पनि भेटिन्छ । त्यसैले एकअर्कालाई मनपराउनु प्रेमप्रस्ताव राख्नु सामान्य नै हो । तर, मैले कसैलाई पनि प्रेम प्रस्ताव राखिन । मलाई मनपराउने भने थुप्रै थिए । कलेज सकिने अन्तिम समयमा भने मलाई एकजना केटा साथीले प्रेमप्रस्ताव राखेका थिए मैले वास्तै गरिनँ ।
प्लस टुको पढाई सकिएसँगै मैले एनटिभी प्लस (नेपाल टेलिभिजन) मा बुधबार १ घण्टाको कार्यक्रम सञ्चालन गर्न थालेँ । मैले स्नातक तहको अध्ययन पनि ट्रिनिटीबाटै गरेको हो । त्यतिबेला म कलाकारिता क्षेत्रमा लागिसकेकी थिएँ । भिडियो र फिल्म सुटिङले गर्दा स्नातक तहको कक्षा नियमित जान पाइँदैन थियो । यसले गर्दा परीक्षाको समयमा मलाई एकदमै गाह्रो भयो ।
सामाजिक सेवाका लागि वृद्धाआश्रममा मैले २ वर्ष इन्ट्रन गरेकी थिए । सानैमा मेरा हजुरबुवा र हजुरआमा बित्नु भयो । साथीहरुले आफ्ना हजुरबुवा र हजुरआमासँग बसेको कुरा सुनाउनु हुन्थ्यो । त्यसकारण कलेजले सामाजिक सेवाका लागि क्षेत्र वर्गीकरण गर्दा वृद्धा आश्रम चुनेकी थिए ।
करिअरको सुरुवाती चरणमा कलेजमा साथी र शिक्षकले मलाई अरु विद्यार्थी भन्दा फरक व्यवहार गर्नु हुन्थ्यो । जब म सफल हुँदै गएँ तब मलाई कलेजमा सबैले नोटिस गर्न थाले । नचिनेका साथीहरु पनि बोल्न आउन थाले, शिक्षकहरुले पनि गर्व अनुभूति गर्न थाल्नुभयो । ती कुराले मलाई अघि बढ्न झनै हौसला दिन्थ्यो । तर, म कलाकारिता नलाग्दै शिक्षक शिक्षिकाहरुको प्यारी थिएँ ।
स्नातक अध्ययन गर्दै गर्दा रिसर्चका लागि कलेजबाट मुस्ताङ गएका थियौं । मुक्तिनाथ मन्दिरबाट होटेल फर्किदा ट्रेकिङ्ग गर्ने सल्लाह भयो तर मलाई हिँड्न गाह्रो हुने भएकाले म लगायत मेरा दुई तीन जना साथी हिँड्न नसक्ने भएकाले जीप रिजर्व गरेर फर्केका थियौँ । हामी जीपमा दिउँसोको दुई बजे होटेल पुग्यौं तर, साथीहरु बेलुका ८ बजे पुग्नुभएको थियो । हामीले खासै रिसर्च पनि गरेनौं । मुस्ताङ घुम्ने बाहना मात्र बन्यो ।
सामाजिक सेवाका लागि वृद्धाआश्रममा मैले २ वर्ष इन्ट्रन गरेकी थिए । सानैमा मेरा हजुरबुवा र हजुरआमा बित्नु भयो । साथीहरुले आफ्ना हजुरबुवा र हजुरआमासँग बसेको कुरा सुनाउनु हुन्थ्यो ।
त्यसकारण कलेजले सामाजिक सेवाका लागि क्षेत्र वर्गीकरण गर्दा वृद्धा आश्रम चुनेकी थिए । कलेजको समयपछि ३ घण्टा दैनिक आश्रममा जाँदा वृद्धवृद्धालाई नुहाउने र नाङ काट्ने काम गर्थें । घरमा आमाले सुनाउँदा मन नपर्ने प्रवचनहरु आश्रम जान थालेपछि मन पर्न थाल्यो । आश्रमका आमाहरुले मलाई बत्ती कात्न सिकाउनुभएको थियो । यसरी नै मेरो कलेजका दिनहरु बिते ।
प्रस्तुति : सरिता थारू