English

ल्यापटप तथा मोवाइलको प्रयोगले आँखामा देखिन्छ यस्तो समस्या, कसरी बच्ने ?



मोबाइल, ल्यापटपजस्ता उपकरण यतिबेला सबैको अत्यावश्यक भइसकेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा हुने सबै कामहरु यिनै माध्यमबाट बढी हुन थालेका छन् । भने, धेरैको समय बिताउने साधन बनेको छ ।

तर ग्याजेटको अत्याधिक प्रयोगले आँखा सम्बन्धि विभिन्न समस्याहरु आउन सक्छ । त्यस्ता समस्याबाट कसरी बच्न सकिन्छ भन्ने बारे आँखा रोग विशेषज्ञ डा. प्रतिक्षा अमात्यको सुझाव यस्तो छ :

समस्या

लगातार ल्यापटप मोबाइलको अघि बस्दा आँखा झिमिक्क नगरी हेरेको हेर्यै गर्छौ । आँखा झिम झिम नहुँदा आँसु फैलन पाउँदैन । साधारणतया १ मिनेटमा १५ देखि १६ पटकसम्म आँखा झिम झिम गर्नुपर्छ । तर, ग्याजेटमा हेर्दा हामीले त्यस्तो गर्दैनौ । जसले आँखा सुख्खा हुने बिजाउने जस्ता समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । आँखा नजिक राखेर मोबाइल तथा ल्यापटप हेर्दा हामीले टाढा हेर्दैनौ जसले दूर दृष्टि पनि कमजोर हुँदै जान्छ । ग्याजेटको अत्याधिक प्रयोगले ड्राई आई सिंड्रोमको समस्या अधिक देखिन्छ ।

कसरी बच्ने ?

– सकेसम्म मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको लतबाट टाढा रहने ।

– यदि कम्प्युटर तथा ल्यापटपमा लगातार काम गर्ने हो भने २०–२०–२० नियम लागू गर्ने । जस्को अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।

– धेरै समय कम्प्युटरमा काम गर्दा, एण्टिलेयर चस्माको प्रयोग गर्ने ।

– आँखाको थकावटलाई कम गर्न सफा पानीले आँखा भिजाउने र दुवै हातको हतकेलाले बिस्तारै आँखा मालीस गर्ने ।

– आँखा धेरै सुख्खा भएको छ भने कृतिम आँसु आईड्रपको प्रयोग गर्ने ।

– आँखा धेरै पोलेको छ भने सुतिको कपडालाई चिसोपानीमा भिजाएर आँखा एकछिन छोपेर आराम गर्ने ।

– आँखामा धेरैनै समस्या भयो भने तुरुन्त अस्पताल जानुपर्छ वा चिकित्सकको सल्लाह लिनुपर्छ ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested