English

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा



कोेभिडको दुवै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ ।

अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने अध्ययनमा देखिएको हो ।

भारतीय सरकारको निकट रहेको थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । सो इन्स्टिच्युटका निर्देशक भि.के पाउलले शनिबार नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलन खोपको प्रभावकारिताबारे जानकारी गराएका हुन् ।

उनले भनेका छन् कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिए । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested