English

गायिका शोभा त्रिपाठीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



शनिवारको दिन फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर, यो खाली समयमा कस्तो पुस्तक पढेर त ? अथवा कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने किसिमको द्विविधामा हुनुहुन्छ भने गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको सिफारिस यस्तो छ ?

सेतो बाघ

यो पुस्तक मैले पढेका पुस्तकहरु मध्येका उत्कृष्ट पुस्तक हो । यस पुस्तकको लेखन शैली उत्कृष्ट छ । सेतो बाघ डायमनसम्शेर राणाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । जसमा राणा कालको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । राणा कालको समयमा के–के भएको थियो भन्ने कुरा पढ्दा निकै रमाइलो लाग्छ ।

मेरो जीवनको पाना

गौरा प्रसाईंको ‘मेरा जीवनका पाना’ आत्मकथा पनि मलाई एकदमै मन परेको किताब हो । सत्य घटनामा आधारित यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ । यो पुस्तकलाई लिएर मैले एउटा डकुमेन्ट्री नै पनि बनाएको छु । उहाँको दुःखका कथाले साह्रै मन छोएको थियो ।

महको म

मदनकृष्ण श्रेष्ठको यस किताबले जीवनमा आइपर्ने उतारचढावहरुसँग कसरी लड्ने भन्ने कुरा सिकाउँछ । यस पुस्तकले जीवन जीउने कला सिकाउँछ त्यसैले यो पुस्तक पनि उत्कृष्ट पुस्तकहरुको सुचीमा पर्छ । यो पुस्तकले पढेर दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन भन्ने सन्देश दिन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested