English

डेल्टा भेरियन्ट आउँदो महिनामा विश्वभर हाबी हुने डब्ल्यूएचओको दाबी !



डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक अनुमानका अनुसार कोभिड १९ को डेल्टा भेरियन्ट अहिलेसम्म १ सय देशमा पुगिसकेको बताएको छ । यसका साथै आउँदो महिनामा कोरोना भाइरसको यो भेरियन्ट सारा विश्वमा हाबी हुनसक्ने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले कोभिड १९ को साप्ताहिक एपिडेमियोलोजिकल अपडेट मा ताजा आँकडा सार्वजनिक गर्दै २९ जुन २०२१ सम्म ९६ देशमा डेल्टा भेरियन्ट पुगेको र यो आँकलन गरिएको भन्दा धेरै हुन सक्ने बताएको छ ।

यो भेरियन्ट सबैभन्दा घातक र प्रभावित बनाउने भेरियन्ट हुनसक्ने डब्ल्यूएचओको अनुमान छ । गत हप्ता मात्रै संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयेससले अन्य भेरियन्टको तुलनामा यो अत्याधिक घातक रहेको बताएका थिए ।

हालसम्म अल्फा १७२, बीटा १२०, गामा ७२ र डेल्टा ९६ देशमा पुगिसकेको छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०