English

सेयर बजार किन घटबढ हुन्छ ?



सेयर बजारमा भएको हलचलले निकै चर्चा पाउँछ । आखिर सेयर बजारमा यस्तो घटबढ किन हुन्छ ? यसको एकै खालको जवाफ पाउन गाह्रो छ । ठूला लगानीकर्ता तथा विश्लेषकका आ–आफ्नै धारणा हुन्छन् । माग र आपूर्तिको सिद्धान्त अनुसार मूल्य निर्धारण भए जस्तै सेयर बजारमा पनि माग र आपूर्ति नियम अनुसार घटबढ हुने यसका जानकारहरु बताउँछन् । त्यसैले सेयर बजारलाई घाटा र नाफाको बजार पनि भनिन्छ । कम्पनीले नाफा कमायो भने लगानीकर्ताले पनि कमाउँछन् र लगानी गरेको कम्पनी घाटामा जाँदा लगानीकर्ता पनि घाटामा जान्छन् ।

किन घटिरहेको सेयर बजार ?

केही सातायता नेपाल स्टक एक्सचेन्ज (नेप्से) दैनिक रुपमा घटेको छ । यस्तो हुनुमा विभिन्न कारण हुन्छ तर, सेयर बजार एउटा उचाइमा पुगेपछि प्रोफिट बुकिङ्ग हुन्छ । जसमा छोटो समय लगानीकर्ताले प्रोफिट बुकिङ्ग गर्छन् । यो प्रोफिटको लागि सेलरहरु धेरै आउँछन् । जसले बजारमा तलमाथि हुन स्वभाविक रहेको सेयर बजार आधारभूत तथा प्राविधिक विश्लेषक एनबी थापा बताउँछन् । यसरी सेयर बजार घटेमा ‘डिमण्ट एण्ड सप्लाई’को सिद्धान्त लागू हुन्छ । जसमा विक्रेताहरु बढेमा मूल्य घट्छ । ‘सेयर बजार लामो समयदेखि तलमाथि भइरहेको छ । अपट्रेण्डको मार्केट तीन हजारको लेबल मनोवैज्ञानिक प्रतिरोध रहेको छ ।’ उनी भन्छन्, ‘त्यसैले सेयर मार्केट घट्छ।’

लकडाउनपछि ब्रोकरको कारोबार अनलाइन स्टिममा आएकाले पनि सेयर बजार बढेको मानिन्छ । यससँगै साधारण आइपिओ भर्नेको संख्या ३० देखि ३५ लाखको हाराहारीमा पुगेको छ ।

सेयर बजारलाई कतिपय बाहिरी तत्वले पनि असर गरिरहेको हुन्छ । बैंकिङ कारोबारमा आएको समाचारले पनि सेयर बजारमा असर पारेको देखिन्छ । जस्तै, राष्ट्र बैंकले माइक्रोफाइनान्स सेयरहरु होल्डिङ र ट्रेडिङ्ग गर्न नपाउने समाचार आए पछि बैंकिङ क्षेत्रलाई हिट गर्यो र यसको असर नेप्सेमा देखिएको थापा बताउँछन् । साथै, नेपाल धितोपत्र बोर्ड (सेबन) ले पनि ५१ वटा कम्पनी योग्य छैन भन्दै निकालेको सूचनाले पनि हालको सेयर बजार सुस्ताएको उनको भनाई छ ।

कसरी बढ्छ सेयर ?

सेयर बजारमा बियरि र बुलिस ट्रेण्ड हुन्छ । नेपालको प्रत्येक ८ वर्षको साइकल हेर्ने हो भने चार–पाँच वर्ष बियरिस ट्रेण्ड चलेको थियो । अर्थात् बजार घटेको थियो । एक–दुई वर्षयता बुलिस ट्रेण्ड सुरु भएको छ । कोरोना महामारीमा भएको लकडाउनपछि सेयर बजार बढेको विश्लेषक थापा बताउँछन् । ‘लकडाउनको समयमा मान्छेले अन्य ठाउँमा लगानी गर्ने अवसर नभएपछि सेयर बजार लगानीको विकल्प बन्न पुग्यो र सेयर बजार बढ्यो,’ उनले भने ।

लकडाउनपछि ब्रोकरको कारोबार अनलाइन स्टिममा आएकाले पनि सेयर बजार बढेको मानिन्छ । यससँसँगै साधारण आइपिओ भर्नेको संख्या ३० देखि ३५ लाखको हाराहारीमा पुगेको छ । थापा भन्छन्, ‘आइपिओ पर्नेहरुले सेकेण्डरी मार्केटमा आएर नै कारोबार गर्छन्, जसले सेयर मार्केट बढाउन मद्दत गर्छ ।’

यो पनि पढ्नुहोस्
‘सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’
बच्चाको छाती घ्यार–घ्यार किन हुन्छ ? कसरी जोगाउने ?
बाउसे–रोपार बनेका सेलिब्रेटी
चामलमा किन आत्मनिर्भर बन्न सकेन नेपाल ?
यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।