English

कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !



गर्भमा रहेकोे बच्चाको स्वास्थ्य गर्भवती महिलाको स्वास्थ्य अवस्थामा निर्भर हुन्छ त्यसैले गर्भवती महिलाहरुलाई कोरोना संक्रमण भए आफ्नो हेरविचार कसरी गर्ने भन्ने विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगीता मिश्रको सुभाव यस्तोे छ ।

– कोभिड संक्रमित गर्भवती महिलाले सबैभन्दा पहिले एउटा छुट्टै कोठा र छुट्टै शौचालय भएको स्थानमा बस्नुपर्छ ।
– घरपरिवारको अन्य सदस्यहरुसँग घुलमिल गर्नु हुँदैन ।
– छुट्टै बस्दा गर्भवती महीलाले आफ्नो ज्वरो बेलाबेलामा नाप्ने र अक्सिजनको मात्रा कति छ पल्स अक्सिमिटरबाट नाप्नुपर्छ ।
– यदि कुनै पनि बेला ज्वरो आयो अथवा हल्का खोकी लाग्यो भने स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्छ वा सिटामोलको सेवन गर्नुपर्छ ।
– यसबाहेक आफ्नो पोषणमा ध्यान दिनुपर्छ । भोजनमा अन्न, फलफूल, तरकारी, माछामासु, अण्डा र दूधको पदार्थहरु समावेस हुनुपर्छ ।
– आइसोलेसनमा बस्दा सासफेर्न गाह्रो भयो, अत्याधिक ज्वरो आयो वा अक्सिजनको मात्रामा कमी भयो भने तुरुन्त अस्पताल जानुपर्दछ ।
– पेट दुखीरहेको छ, पेटको बच्चा कम चलेको छ, रक्तस्राव भएको छ वा सेतो पानी बगिरहेको छ भने पनि अस्पताल जानुपर्छ ।



सम्बन्धित खबरहरु

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

काठमाडौंः नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३

पब्लिक स्पिच नेपाल सम्पन्न, जिते दिपक रावतले प्रथम पुरस्कार पब्लिक स्पिच नेपाल २०८२ मा जाजरकोटका दिपक रावत बिजेता बनेका छन्

सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक

Latest










Popular
Suggested