English

एक साता थपियो निषेधाज्ञा, सार्वजनिक यातायातमा जोर–बिजोर



काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । सोमबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार १५–२१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

निषेधाज्ञालाई अझै खुकुलो बनाइएको छ । यसअघि निजी सवारी साधन जोरबिजोर प्रणालीबाट सञ्चालन भएका थिए भने १५ गतेबाट सार्वजनिक यातायात पनि सूचारु गर्ने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

‘काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा सार्वजनिक यात्रु बाहक सवारीसाधन जोर बिजोर प्रणालीमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको हो,’ उनले भने, ‘सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्नु वा गराउनुपर्ने छ ।’

खाद्यान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल तरकारी पसल र स्टेशनरी पसललाई साँझ ६ बजेसम्म खोल्न दिइने निर्णय भएको छ । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्धारा जारी आदेशमा उल्लेख छ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ बजेसम्म सञ्चान गर्न पाइनेछ । यसैगरी, विवाह तथा व्रतवन्धको हकमा बढीमा १५ जनासम्म उपस्थित हुन पाइने छ ।

तर, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल सञ्चालन गर्न पाइँदैन । त्यस्तै, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने कार्यक्रम पनि सञ्चालन गर्न नपाइने आदेशमा जनाइएको छ ।

त्यसैगरी, शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न नपाइने प्रजिअ पराजुलीले जानकारी दिए ।

यस्तो छ निषेध आदेश :



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested