English

श्मशानघाटमा शिव मन्दिर कि, शिव मन्दिर छेउ श्मशानघाट ?

श्मशानघाटको खरानी लगाउनुभित्रको रहस्य


प्रा.डा. गुरुप्रसाद सुवेदी


भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ । भूतप्रेत, पिशाच, राक्षस सबैलाई एकसाथमा लिएर उहाँ मेलमिलापका साथ बस्नुभएको छ । श्मशानको खास अर्थ सम्पूर्ण सृष्टिको अन्त्य भइसकेपछि जे अवस्थित छ, त्यो नै श्मशान हो भन्ने हुन्छ ।

के हो श्मशानघाट ?
यो पृथ्वी, जल, हावा, तेज, आकाश र यो ब्रह्माण्ड सबै समाप्त हुँदा बाँकी रहेको जुन स्थान छ, त्यो नै श्मशान हो । अझ भन्नुपर्दा शिवजी बस्ने स्थानलाई श्मशान नभनेर महाश्मशान भन्ने गरिन्छ । महाश्मशान हुँदा पनि भगवान शिव त्यहाँ विराजमान हुनुहुन्छ भन्ने अर्थमा श्मशानघाटमा शिवजी हुनुहुन्छ भन्ने बुझिन्छ ।

श्मशानघाटमा शिवजी बस्ने भएपछि नै उहाँ संहारका देवता भएकोले उहाँ बस्ने नजिकै श्मशानघाट बनाइएको हो । शिवजी श्मशानमा नै बस्नुहुन्छ । उहाँलाई खरानी धेरै मन पर्छ । खरानी भनेको एउटा अवशेष मात्रै हो । त्यसैले शिवतत्व भनेको पनि अदृश्य तत्व हो ।

शुरुवात पनि वहाँ नै र अन्त्य पनि वहाँ नै भएकोले श्मशानमा शिवजी बस्नुहुन्छ । शिवजीले ‘म’को अस्तित्व अर्थात् आत्माको अस्तित्व व्यापक छ भन्ने देखाउनका लागि खरानीको प्रयोग गर्नुभएको हो । यो सबै सृष्टि खरानी हो भनेर वैराग्य देखाउनका लागि श्मशानमा वहाँले बास गर्नुभएको हो । त्यसैले साधकहरूले यसलाई आफ्नो अलंकारको रूपमा लगाउँछन् ।

जस्तै व्यक्ति मरेर जाँदा जलाइसकेपछि घाट श्मशानघाट हुन्छ । मानौँ यो पृथ्वी पनि सम्पूर्ण आकाश, पाताल, तारामण्डल, यो ब्रह्माण्ड पनि पानी, हावा, तेज सबै समाप्त हुँदा बाँकी रहने स्थान नै श्मशान हो ।

महाश्मशान घाटमा विराजमान रहनुभएका कारण श्मशान घाटमा शिवजी हुनुहुन्छ भन्ने अर्थ एउटा हो भने अर्को जीवनलाई सर्वस्व ठान्ने मानिसले जीवनपछिको अस्तित्वलाई बुझेको हुँदैन । जीवनप्रति पनि थोरै चेतना बाँकी रहन्छ कि रहँदैन ? यो जीवन कहाँबाट आइपुग्यो भन्ने बुझेको हुँदैन । तर, शिवतत्वको अनुसन्धान गर्ने मानिसले यो शरीर एउटा मात्र कपडाले ढाकिएको जस्तै हो, यो फेर्दा पनि चेतना छ भनेर बुझ्छन् । त्यो चेतनाको शाश्वत सिद्धान्तलाई बुझ्नका लागि श्मशानघाटमा गएर अनुभव गर्दछ । त्यो अनुभव गर्ने, साधना गर्ने स्थान श्मशान हो । श्मशानमा गएर अनुभव गर्दा नै शिवतत्वको अनुभूति हुन्छ । त्यसैले श्मशानघाटमा शिवजी हुनुहुन्छ भनेर प्रसिद्धी भयो, यही प्रसिद्धीलाई मूर्तरूप दिन हाम्रो परम्परामा श्मशान घाटको छेउछाउमा मन्दिर बनाउने परम्परा बस्यो ।

एक अर्थमा भन्नुपर्दा जहाँ शिवजी हुनुहुन्छ त्यहाँ श्मशान होइन, जो सम्पूर्ण संसारको समाप्तिपछि पनि जुन श्मशान बाँकी रहन्छ, त्यहाँ शिवतत्व व्यापक थियो, छ र रहिरहन्छ भन्ने अर्थमा श्मशान घाटमा शिवजी हुनुहुन्छ भनेर मानिएको हो । र, श्मशानघाटको खरानी लगाउनुभित्र पनि यही रहस्य हो कि, सम्पूर्ण सृष्टि समाप्त भइसकेपछि पनि शिवतत्व व्यापक छ भनेर बुझ्न आवश्यक छ ।

(महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य डा. सुवेदीसँगको कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।