English

गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



गुलाबी रङले सजिएका घर । सफा सहर । हरियाली पाखा–पखेरा । जनताप्रति उत्तरदायी जनप्रतिनिधि । त्यसैले स्याङ्जास्थित वालिङ नगरपालिकाको बेग्लै पहिचान बनेको छ । देशभर बन्न लागेका १२ स्मार्ट सिटीअन्तर्गत वालिङ पनि पर्छ । २ वर्षअघि २० वर्षे गुरुयोजना बनाएर अघि बढेको यस नगरपालिकाले स्मार्ट सिटीको काम सुरु गरिसकेको छ ।

नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडका अनुसार स्मार्ट सिटी बनाउने २० वर्षे योजना भएतापनि अबको ६ वर्षभित्र यसका आधारभूत कामहरु पूरा हुन्छन् । त्यतिबेलासम्म यहाँका सडक, बिल्डिङ, नदीनाला, घरहरु सबै स्मार्ट भइसक्ने उनको दाबी छ ।

तर, वालिङले हिजोआजै स्मार्टको छनक दिन थालिसकेको छ । वालिङ पुग्ने जो कोहीलाई पनि त्यहाँका गुलाबी रङमा सजिएका घरले मोहित बनाउँछ । त्यसो त जनप्रतिनिधि जनप्रेमी भएमा विकासको ढोका खुल्न धेरै समय नलाग्ने रहेछ भन्ने वालिङले प्रमाणित गरिदिएको छ । हामीले स्मार्ट बन्दै गरेको वालिङका केही तस्बिर प्रस्तुत गरेका छौं ।

तस्बिर : मेराेलाइफस्टाइल

अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested