English

घरमाथि तरकारी फलाउँदै गृहिणी



भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।

बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका हुन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउँछिन् । उनले भनिन्, ‘घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।’

बिहान बेलुका घरको कामबाहेक उनको अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको अर्गानिक तरकारी खान पाइने र समयको बचत हुने गरेको आचार्य बताउँछिन् ।

कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उनले बताइन् । विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउँछिन् । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उनले बनाइन् ।

सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उनले घरको छतमा तरकारी लगाएकी छन् । उनको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी फलेका छन् । बिहान बेलुका घरको कामबाहेक उनको अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको अर्गानिक तरकारी खान पाइने र समयको बचत हुने गरेको आचार्य बताउँछिन् । ‘तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन,’ उनी भन्छिन्, ‘यसले फजुल खर्च पनि रोकेको छ ।’

यतिबेला मरहठ्ठाको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी फलेका छन् । थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उनी बताउँछिन् ।

अर्चना देवकोटा मरहठ्ठाको बिहान–बेलुकाको समय कौसी खेतीमा बिताउँदा आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । सुरुवातमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै–थोरै बिक्री गरेर नुनतेल खानेसम्म पुग्ने उनी बताउँछिन् । ‘बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ,’ उनी भन्छिन् ।

यतिबेला मरहठ्ठाको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी फलेका छन् । थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उनी बताउँछिन् ।

दीपज्योति आमा समूहका ४५ महिलाले अहिले तरकारी खेती गरिरहेका छन् । तीमध्ये गत वर्षदेखि गर्दै आएका २५ र अहिले २० जनाले सुरु गरेकाको आमा समूहका अध्यक्ष महेश्वरी राईले बताउइन् । ‘कौसी खेती गर्न लागेपछि यस टोलका महिलाको तरकारी किन्न जानुपर्ने बाध्यता हटेको छ,’ उनले भनिन्, ‘अहिले यहाँका महिला दिदीबहिनीले प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएको छ ।’

दीपज्योति टोल विकास संस्थाका उपाध्यक्ष शुभद्रा रेग्मी कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम गरिएको बताउँछिन् । अहिले संस्थामा आवद्ध २ सय ५ घरधुरी रहेको र यी सबै घरमा कौसी खेती पु¥याउने योजनाअनुसार काम अघि बढेको उनको भनाइ छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकाल २५ जनाभन्दा बढीको समूह बनाएर आएमा केन्द्रले अनुदान दिने बताउँछन् । समूहमा आउनेमध्ये प्रतिव्यक्ति रु १० हजारसम्म अनुदानको व्यवस्था रहेको उनले जानकारी दिए । ‘जग्गा खण्डीकरण भएर सानो–सानो टुक्रा भइरहेको समयमा कौसी खेती निकै प्रभावकारी हुनेछ,’ ढकालले भने, ‘यसले हरियाली र घरको सुन्दरतासमेत बढाउँछ ।’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन