श्रीकृष्णलाई मार्ने ब्याधा को थिए ?
महाभारतको युद्ध सकिएपछि जब युधिष्ठिरको राजतीलक भइरहेको थियो, तब कौरवकी माता गान्धारीले महाभारत युद्धका लागि श्रीकृष्णलाई दोषी ठहर्याउँदै श्राप दिइन् । उनले जसरी कौरवको वंश नाश भयो, त्यसरी नै यदुवंश पनि नाश हुने श्राप दिएकी थिइन् । श्रापपछि श्रीकृष्ण द्वारिका फर्किएर यदुवंशिहरुलाई लिएर प्रभाष क्षेत्रमा गए । केही दिनपछि महाभारत युद्धको चर्चा गर्दै सात्यकि र कृतवर्माको बीचमा विवाद भयो ।
सात्यकीले रिसाएर कृतवर्माको शिर छेदन गरिदिए । जसले उनीहरुबीचमा आपसी युद्ध सुरु भयो । उनीहरु दुई समूहमा विभाजित भएर एकअर्काको संहार गर्न थाले ।
भएको थिएन यदुवंशको नाशः यो लडाईंमा श्रीकृष्णका पुत्र प्रद्युम्न र मित्र सात्यकी समेत लगभग सबै यदुवंशी मारिएका थिए । केवल बब्रु र दारुक नै जीवित थिए । जसले पछि यदुवंशलाई अघि बढाए ।
श्रीकृष्णको मृत्युको रहस्यः द्वारिकालाई उनले आफ्नो निवास स्थान बनाए र सोमनाथ नजिकस्थित प्रभास क्षेत्रमा उनले देह त्यागे । उनी आफ्नो कुलको नाश भएको देख्दा निराश थिए । त्यो बेलादेखि नै उनी प्रभास क्षेत्रमा गएर बस्न थालेका थिए । एकदिन उनी एक वृक्षको छहारीमा बसिरहेका थिए । त्यहि बेला एक ब्याधाले उनलाई हिरण जस्तो लागेर खुट्टामा तीर हाने । उक्त तीर श्रीकृष्णको पैतालामा गएर लाग्यो र यही निहुँ बनाएर उनले प्राण त्यागे ।
जनश्रुतिका अनुसार एकदिन उनी वनमा पिपलको वृक्षमुनि आराम गरिरहेका थिए । उनी त्यो बेला योगनिन्द्रामा थिए । त्यहि बेला जरा नामक एक ब्याधाले भुलवश उनलाई हरिण सम्झिएर बाण चलाए । उक्त बाण उनको पैतालामा गएर लाग्यो । र उनले आफ्नो प्राण त्याग्ने निश्चय गरे । यो पनि उनको लीला थियो ।
वानर राज बाली थिए जराः पौराणिक मान्यताका अनुसार भगवान विष्णुले त्रेता युगमा श्रीरामको अवतारमा जन्म लिनुभएको थियो । त्यो बेला रामले बालीलाई लुकेर मारेका थिए । कृष्णावतारमा भगवानले तिनै बालीलाई जरा नामको ब्याधा बनाए र आफ्नो मृत्यु चुने । जसरी बालीलाई आफूले मारेका थिए । एजेन्सीको सहयोगमा