English

थाइराइडका बिरामीले यी ७ कुरामा ध्यान दिनुहोस् !



थाइराइड घाँटीको पछाडी पुतलीको आकारमा रहेको ग्रन्थि हो । यो ग्रन्थिबाट थाइरोक्जिन हर्मोन निस्कन्छ । थाइराइडले उत्पादन गर्ने हर्मोन शरीरलाई आवश्यक हुन्छ । हाम्रो शरीरको मेटाबोलिज्मका लागि यसको आवश्यकता पर्छ । थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई ‘हाइपोथाइरोआइडिज्म’ भनिन्छ । थाइराइड भएको व्यक्तिहरुले के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा डा.मधु पाण्डेको सुझाव यस्तो छ :

थाइराइड भएको व्यक्तिहरुले के-के ध्यान दिने

– थाइरोक्जिन हार्मोन (लेभोथाइरोक्सिन) औषधी गर्भवती, गर्भको बच्चा, सुत्केरी र नवजात शिशुलाई हानीकारक नहुने भएकोले औषधि गर्भावस्था वा सुत्केरी अवस्थामा रोक्नु हुँदैन ।
– थाइराइड भएका व्यक्तिहरुले बन्दा, काउली तथा अन्य खानेकुरा खानुहुँदैन भनिन्छ तर त्यो भ्रम मात्र हो । थाइराइड भएकाहरुले केही पनि खानेकुरा बार्नु पर्दैन ।
– थाइरोक्सिनको एक मात्रा खान बिर्सिएको छ भने सम्झिने बित्तिकै औषधि सेवन गर्नुपर्छ तर खाना खानुभन्दा १–२ घण्टा अगाडि वा पछाडी मात्र यो औषधि सेवन गर्नुपर्ने हुन्छ ।
– भर्खर भर्खरै थाइराइड देखिएका व्यक्तिहरुले ४ देखि ६ हप्ता भित्रमा डाक्टरको सल्लाह लिनुपर्छ । लामो समयदेखि औषधि सेवन गरेकाहरुले भने ६–६ महिनामा फलोअप गर्नुपर्छ ।
– थाइराइड धेरै बढेको छ, गलगाड ठूलो भएको छ वा घाँटी दुख्ने समस्या छ भने अल्ट्रासाउण्ड गराउनु पर्छ ।
– धेरै लामो समयदेखि थाइराइडको औषधि सेवन गरेका व्यक्तिले थाइराइड चेक नगरी औषधी सेवन गरेमा औषधिको ओभरडोज भएर मुटुको धड्कन बढ्ने समस्या हुनसक्छ । त्यसैले ६–६ महिनामा थाइराइड चेक गर्नुपर्छ ।
– औषधीको सेवन गरिरहेका व्यक्तिहरुले औषधि कहिले खाने, कहीले नखाने वा औषधि खानै छोड्दा मुटु सुन्निने समस्या हुनसक्छ त्यसैले डाक्टरको सल्लाह बिना औषधि सेवन गर्न छोड्न हुँदैन ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested