शिवभक्त एयरहोस्टेस (भिडियाे सहित)
सन् २०१८ को मिस नेपालकी फाइनलिष्ट एलिशा अधिकारी पेशाले एयरहोस्टेस हुन् । बिजनेस मेनेजमेन्टकी विद्यार्थी अधिकारीले आफुलाई मोडलिंग र समाज सेवाको क्षेत्रमा पनि सक्रिय बनाउदैं लगेकी छिन् ।
समाज सेवाको भावना बाल्यकाल देखि नै आएको उनी बताउछिन् । बाल्यकालको सपना पुरा गर्न उनी बिशेष अवसरमा बृद्धाआश्रम, बालआश्रममा गएर सेवा गर्ने गर्छिन् । समाजसेवालाई जीवनको सवैभन्दा आनन्द ठान्ने अधिकारी पढाईले दिएको ज्ञानलाई पनि सदुपयोग गर्ने सोचमा छिन् ।
आफुले पाएको शिक्षाको सदुपयोग गर्दै कुनै दिन आफ्नै ब्यवशाय गर्ने उनको सोचाई छ । उनलाई कुनै पनि उत्पादन मुलक वा फेसनको ब्यवशाय गर्ने योजना रहेको छ ।
घरको धार्मिक वातावरणले गर्दा नै उनलाई भगवान प्रति अगाध आस्था र विश्वास रहेको छ । आफुलाई शिवको सच्चा भक्त ठान्ने अधिकारी शिवरात्रीको पूर्व संध्यामा शिवको भक्तको भेषमा प्रस्तुत हुन पाउदाँ आफुलाई निकै भाग्यवानी संझिन्छिन् ।
तस्विरहरुः महेश प्रधान

















