English

उन्मत्त भैरव पुज्न किन जान्छन् महिला ?



करुणा कुँवर,चर्चित मनोविज्ञ

पशुपतिनाथ मन्दिरको दक्षिणपूर्वी भागमा उन्मत्त भैरवको सानो मन्दिर छ । त्यस मन्दिरभित्र निर्वस्त्र भैरव लिंग उत्तेजित बनाएर बसेका छन् । चलेको विश्वासअनुसार सन्तान नभएका महिलाले भैरवको लिंगमा आफ्नो गुप्तांग स्पर्श गरेमा सन्तान हुने विश्वास गरिन्छ । त्यसैगरी यौन सम्पर्कमा रुचि नभएका महिलाहरूले पनि भैरवको लिंग पूजा गरेको खण्डमा उत्तेजना आउँछ भन्ने पनि विश्वास गरिन्छ । त्यही कारण दैनिकजसो धेरै महिलाहरू उन्मत्त भैरवको दर्शन गर्न पशुपतिनाथ परिसर पुगेको देखिन्छ । यसको कारण र अर्थ के हो ? के विश्वास अनुसारको परिणाम हात लाग्छ त ?

चलेको विश्वासअनुसार सन्तान नभएका महिलाले भैरवको लिंगमा आफ्नो गुप्तांग स्पर्श गरेमा सन्तान हुने विश्वास गरिन्छ ।

काठमाडौं उपत्यकामा रहेका दुईवटा उन्मत्त भैरवको मूर्ति चर्चित छन् । पहिलो पशुपति परिसरको र दोस्रो पाटनको । उन्मत्त लिंग भएको कारण नै यी भैरवहरूलाई उन्मत्त भैरव भनिएको हो ।

पशुपतिनाथमा रहेको उन्मत्त भैरवको मूर्ति तामाको हो । पाटनमा चाहिँ काठको उन्मत्त भैरवको मूर्ति रहेको छ । शास्त्रमा उन्मत्त भैरवको चर्चा र कामको वर्णन रहेको विज्ञहरू बताउँछन् ।

मसँग सल्लाह गर्न आउने दिदी–बहिनीहरूले पनि उन्मत्त भैरवको प्रसंग उप्काउँछन् । त्यहाँ दर्शन गरेपछि फल प्राप्त भयो भन्ने महिला त मैले भेटेकी छैन । तर, गएको थिएँ, पूजा गरेको थिएँ भन्नेहरू चाहिँ मैले अक्सर भेट्ने गर्छु । यसले पनि ती मन्दिरमा समस्यामा रहेका महिलाहरूको भीडभाड हुने गर्छ भन्ने अड्कल काट्न सकिन्छ ।

धर्मका हरेक ग्रन्थमा पुरुष नै शक्तिशाली हो भन्ने देखाइएको छ । सवै काम उसैले मात्र फत्ते गर्न सक्छ भन्ने छ । सवैभन्दा शक्तिशाली, सवै काम फत्ते गर्न सक्ने आदि कारणले उसलाई पूजा गर्नुपर्छ भन्ने हो । सन्तान भएन भनेपनि पुरुषलाई नै पूजा गर्नुपर्छ भन्ने मान्यता पुरुषप्रधान समाजकै उपज हो ।

पुरुष प्रधान समाजको उपज
सन्तान नहुँदा महिलाहरू किन उन्मत्त भैरवको दर्शन गर्न जान्छन् भनेर बुझ्न चाहिँ सवैभन्दा पहिला हाम्रो समाज के मा आधारित छ ? यो समाज कसरी निर्माण भयो भनेर बुझ्न जरुरी छ । हामी सवैले बुझेको सत्य के हो भने धेरै अघिदेखि हाम्रो समाज पितृसत्तात्मक छ । पुरुषप्रधान भएको हुनाले पुरुषत्वको बखान जताततै देख्न पाइन्छ । यी भैरव मन्दिरहरूको स्थापना र यसको मान्यताको जग पनि पुरुषप्रधान समाज नै हो ।

धर्मका हरेक ग्रन्थमा पुरुष नै शक्तिशाली हो भन्ने देखाइएको छ । सवै काम उसैले मात्र फत्ते गर्न सक्छ भन्ने छ । सवैभन्दा शक्तिशाली, सवै काम फत्ते गर्न सक्ने आदि कारणले उसलाई पूजा गर्नुपर्छ भन्ने हो । सन्तान भएन भनेपनि पुरुषलाई नै पूजा गर्नुपर्छ भन्ने मान्यता पुरुषप्रधान समाजकै उपज हो ।

धामी–झाँक्रीलाई देखाउन शुल्क चाहिन्छ । र, पनि मान्छेहरू गइरहेका छन् । उन्मत्त भैरवमा त शुल्क पनि तोकिएको छैन होला । सित्तैमा मन ‘सन्तोक’ गर्ने ठाउँ मान्छेले किन छोड्छ र ?

विश्वास/अन्धविश्वास
नेपालमा बहुसंख्यक हिन्दू धर्ममा आस्था राख्नेहरू छन् । केही समस्या आइपर्दा धामी–झाँक्रीमा जानेहरूको संख्या पनि ठूलो छ, हामीकहाँ । काठमाडौंका मानिसहरू पनि धामी–झाँक्रीमा जाने गरेका छन् । डाक्टरको क्लिनिक जस्तै गरेर धामी–झाँक्रीहरूले सेवा दिएका छन् । र, ती चलेका छन् भनेपछि त्यहाँ मान्छेको ‘फ्लो’ पक्कै पनि छ ।

धामी–झाँक्रीलाई देखाउन शुल्क चाहिन्छ । र, पनि मान्छेहरू गइरहेका छन् । उन्मत्त भैरवमा त शुल्क पनि तोकिएको छैन होला । सित्तैमा मन ‘सन्तोक’ गर्ने ठाउँ मान्छेले किन छोड्छ र ?

खासगरी हाम्रो नशा नशामा बगिरहेको पुरातन सोचले हामीलाई विश्वास गर्न बाध्य पार्छ । यस्ता कतिपय कुरामा हामी विश्वास गर्छौं भने कतिपयमा अन्धविश्वासले पनि काम गर्छ ।

आत्मविश्वासको कमी
महिलाहरू उन्मत्त भैरवको दर्शन गर्न जाने मूल कारण पुरुषप्रधान समाजले स्थापना गरेका मान्यताहरू नै हुन् । र, अर्को मूल पक्ष आत्मविश्वासको कमी हो । त्यहाँ गएर एउटा विधि गर्दैमा के हुन्छ र ? बा भइहाल्छ कि ? भन्ने भएर हो । सन्तान नभएको चिन्ता र पीडामा भएकाहरू सायद यसै गर्दा ठीक हुने हो कि भन्ने लागेर पनि जान्छन् ।

त्यहाँको पूजाविधि विज्ञानसम्मत छैन । ‘नेचुरल’ पनि छैन भनेर आत्मविश्वास हुनेहरू पक्कै पनि त्यहाँ जाँदैनन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।