English

करिष्मा ढकाललाई मन पर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खालि समयमा कस्ता पुस्तक पढेर सदुपयोग गर्ने त ? कस्ता पुस्तक छान्दा राम्रो हुन्छ । यदि यस्तो दुविधामा हुनुहुन्छ भने, तपाईंले यी तीन पुस्तक पढेर विदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

(मोडल करिष्मा ढकालको नजरमा पढ्नै पर्ने ३ पुस्तक)
१९८४

यो पुस्तक निरंकुशताको बिरूद्ध चेतावनीको रूपमा प्रकाशित भयो । शक्तिको दुरुपयोगलाई यस पुस्तकमा व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । यस पुस्तक पढ्दा सुरुमा अलि अनौठो लाग्छ । तर पछि पढ्दै जादाँ पुस्तकले दिन खोजेको सन्देश राम्ररी बुझिन्छ । मैले पढेको पुस्तकहरु मध्ये यो एउटा उत्कृट पुस्तक हो । यो कृतिका लेखक जर्ज ओर्वेल हुन् ।

नर्मल पिपुल

नर्मल पिपुल सेरी रोनीको दोस्रो उपन्यास हो, यो पुस्तक मित्रहरूसँग कुराकानी पछि लेखिएको हो । यो पुस्तक अमेरिकामा सब भन्दा बढी बिक्री भएको थियो । यो पुस्तक पढेपछि अङ्ग्रेजी भाषाको पनि सुधार हुन्छ । मलाई यो पुस्तक पढ्दा रमाइलो लागेको थियो । यसमा प्रयोग भएको सरल भाषा यसको विशेषता हो ।

वार एण्ड पिस

वार एण्ड पिस एकदमै पुरानो पुस्तक हो । वार र पीस रूसी लेखक लियो टोलस्टयको इतिहास र दर्शनको अध्यायमा मिश्रित उपन्यास हो, जुन पहिलो पटक क्रमबद्ध रूपमा प्रकाशित गरियो र त्यसपछि यसको सम्पूर्णता १८६९ मा प्रकाशित भयो । यो टोल्स्टोइको उत्कृष्ट साहित्यिक उपलब्धि मध्ये एक मानिन्छ र यो अन्तर्राष्ट्रिय स्तरमा प्रशंसनीय क्लासिक साहित्य हो ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested