English

सम्पादकीय

सिन्धुपाल्चोक बारे किन मौन छ सरकार ?



नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७ वर्षमा यो जिल्लाले सबैभन्दा बढी प्राकृतिक विपत्ति खेपेको छ । भूकम्प र बाढीपहिरो त सिन्धुपाल्चोकबासीका लागि हरेक वर्ष भोग्नै पर्ने नियती झैँ बनेको छ । हिमताल फुट्ने भ्रामक हल्लाले आतंकित भएर भागाभागको अवस्था पनि झेलेको छ यसले ।

२०७१ मा जुरे पहिरोका कारण १ सय ४५ ले अकालमा ज्यान गुमाए । १ सय २७ घरपरिवार विस्थापित भए । यति ठूलो जनधनको क्षतिपछि समेत सरकारले पहिरो रोकथाम एवं विपद व्यवस्थापनमा ठोस पहलकदमी आवश्यक ठानेन । जसका कारण सात वर्षपछि (२०७८ आषाढ १) सिन्धुपाल्चोकले बाढीपहिरोकै कारण पुनः ठूलो क्षति व्यहोर्नु पर्‍यो ।

२०७२ मा आएको विनाशकारी भूकम्पको पराकम्पन अझै रोकिएको छैन । पछिल्लो क्षतिले सिन्धुबासीको घाउ लामो समय बिसन्चो हुने गरी बल्झाई दिएको छ । यो अवधिमा धेरै सरकार फेरिए, शासक फेरिए, दुई तिहाइको शक्तिशाली सरकार बन्यो, भत्कियो । तैपनि राजधानीसँगै सीमा जोडिएको सिन्धुको दुःख कहिल्यै प्राथमिकतामा परेन । चीनसँग सडकमार्ग भएर जोड्ने सिन्धुपाल्चोकको महत्वपूर्ण नाका तातोपानीले देशको राजस्वमा गरेको योगदानको कदर सरकारले गर्नै सकेन ।

सिन्धुपाल्चोकमा औसत २६१.५ मिलिलिटर वर्षा हुन्छ । तर, भूगर्व विद्हरुको अध्ययनमा त्यहाँ १ सय ४४ मिलिलिटर भन्दा बढी पानी पर्नु पहिरो जानसक्ने प्रबल सम्भावनाको संकेत हो । के यो विषयमा विज्ञ टोलीले अध्ययन अनुसन्धान गर्नुपर्ने होइन र ?

पछिल्लो भूकम्पमा सबैभन्दा बढी ३ हजार पाँच सय ७३ जना सिन्धुबासीले ज्यान गुमाए । ६३ हजार बढी घरटहरा क्षतिग्रस्त भए । ७१ सालको पहिरो, ७२ सालको भूकम्प, ७३ सालको भोटेकोशी बाढी होस् वा ७४ सालको पहिरो । जसले लार्चा भोटेकोशीको पुल नै बगायो । पछिल्लो मेलम्ची र हेलम्बुमा आएको बाढीको कहर । बाढीपहिरोले लगातार विध्वंस मचाइरहँदा के सरकारले नजर अन्दाज गरिरहन मिल्छ ? यस्तो संवेदनशील बिषयमा खोई सरकारको भूमिका ? किन मौन छ सरकार ? विपद् व्यवस्थापन आफैंमा किन अलपत्र ? साँच्चै भन्दा सरकार यतिबेला रमिते बनेकाे छ ।

२०७७ असारको पहिरोले बरुवा, मेलम्ची ,जम्बु, बुल्कोटे लिदीमा समेत ७४ जनाको ज्यान लियो । १ सय ६८ बेपत्ता भए । यसरी नियमित विपत्ती भोगिरहेको जिल्लामा खोई त विपत् व्यवस्थापनको दरिलो योजना ? हामी किन चुकिरहेका छौं ? कहिले सोच्ने, कस्ले सोच्ने ? सिन्धुबासीले अझै कति गुमाउनु पर्ने ? सरकारले सोच्ने समय अझै पर्खनु पर्ने हो र ? मानवीय क्षति त टाउको गनेर भन्न सकिएला तर भौतिक संरचना र विस्थापितहरुले भोगेका पीडाको मूल्यांकन कसले गर्ने ? पछिल्लो अवस्थाहरुले सिन्धुपाल्चोकको परिस्थिति र भू–बनोटको गहिरो प्राविधिक अध्ययन मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

व्यक्तिगत र जनस्तरबाट संकलित राहतको समेत उचित बाँडफाँड हुन नसकेको गुनासो छ । यस्तो कठिन परिस्थितीमा विपद व्यवस्थापन के गर्दैछ ? भूमिका के हो भन्ने आम प्रश्न हो ।

सिन्धुपाल्चोकमा औसत २६१.५ मिलिलिटर वर्षा हुन्छ । तर, भूगर्व विद्हरुको अध्ययनमा त्यहाँ १ सय ४४ मिलिलिटर भन्दा बढी पानी पर्नु पहिरो जानसक्ने प्रवल सम्भावनाको संकेत हो । के यो विषयमा विज्ञ टोलीले अध्ययन अनुसन्धान गर्नुपर्ने होइन र ?

सिन्धुपाल्चोकमा अघिल्लो साता आएको बाढीले अहिलेसम्मकै ठूलो क्षति गरेको छ । सयौँ परिवार घरबारबिहीन भएका छन् भने बाटो–घाटो पुल–पुलेसा घर–खेत बगरमा परिणत भएको छ । यस्तो अवस्थामा पीडितले मुलुकमा सरकार रहेको अनुभूति गर्न पाएका छैनन् । हेलम्बुका पीडितहरुले त गाँसबास, सञ्चार र सडक सञ्जालबाट समेत वञ्चित हुनु परेको छ ।

व्यक्तिगत र जनस्तरबाट संकलित राहतको समेत उचित बाँडफाँड हुन नसकेको गुनासो छ । यस्तो कठिन परिस्थितीमा विपद व्यवस्थापन के गर्दैछ ? भूमिका के हो भन्ने आम प्रश्न हो । त्यसैले वर्षेनी आउने प्राकृतिक विपत्ति बारे सरकारका सम्बन्धित निकायहरुले पूर्वानुमान गरी समयमै जनताको जिउ धनको रक्षा गर्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ ।

यो पनि पढ्नुहोस्
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
चुरेको दोहन होइन संरक्षण



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन