खरायोले आफ्नै दिसा किन खान्छ ?
हामीले देखेको हरेक जीवजन्तुहरुको आ-आफ्नै विशेषता हुन्छ । खरायो पनि यिनै मध्येको एक हो । खरायो धर्तीमा पाइने एक सुन्दर र मनमोहक जनावर हो । विभिन्न स्थानमा यो जीव फरक-फरक रङमा पाइन्छ ।

तपाईलाई सुन्दा अचम्म लाग्ला ! खरायोले आफ्नो दिसा खँनछ । यसको पाचन तन्त्र भनेजति विकसित हुँदैन । अधिकांश समय यो जीव घाँस खाएर बिताउँछ । जसका कारण खरायोको शरीरबाट अति आवश्यक न्यूट्रिएन्ट्स नपचि बाहिर निस्किन्छ ।

त्यसैले खरायोले फेरि खाएर शरीरमा धेरै पोषक तत्व बढाउँछ । खरायोको दिसा दुई किसिमको हुन्छ । पहिलो तरल र दोश्रो कडा । तरललाई सीकोट्रोप भनिन्छ जो पोषक तत्वले पूर्ण हुन्छ । त्यसैले खरायोले यो दिसा पुनः खाएर कडा मल निकाल्छ ।

सीकोट्रोप अर्थात् खरायोको तरल मलमा कडा मलको तुलनामा दुई गुणा बढी पोषक तत्व हुन्छ । यसमा भिटामिन के र भिटामिन बी १२ हुन्छ । यदि खरायोले यो मल नखाएमा शरीरमा अधिकांश पोषक तत्व नपचि बाहिर निस्किन्छ ।

खरायो शाकाहारी जनावर हो । यसले मात्र तरकारी, र घाँस खान्छ । त्यसैले यिनीहरुको शरीरमा फाइबर अति आवश्यक हुन्छ । खरायो एउटा यस्तो जीव होजसको पाचन तन्त्रले राती अत्याधिक काम गर्दछ ।

यो बेला उनीहरुहरुले धेरै भोजन नपचाइ कनै बाहिर निकाल्छन् । त्यसैले यिनीहरु तरल मलको त्याग राती नै गर्दछन् । र त्यहि समयमा यसलाई खान्छन् पनि । एजेन्सीको सहयोगमा