थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या पीसीआर विधिबाट ६ लाख २९ हजार ४ सय ३१ र एन्टिजेन विधिबाट २९ हजार ९ सय ३४ रहेको छ ।