English

कसरी थाहा पाउने स्तन क्यान्सर



हाम्रो शरीर धेरै स–साना कोष र कोशिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोशिकाहरुको एक समूह अनियन्त्रित वृद्धि वा सामान्य भन्दा धेरै फैलिन्छ र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पु-याउँछ भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर धेरै प्रकारको हुन्छ तर आज हामी स्तन क्यान्सरको बारेमा चर्चा गर्न गईरहेका छौँ । स्तन क्यान्सर भएको कसरी थाहा पाउने र स्तन क्यान्सरको जोखिम कसरी कम गर्ने भन्ने विषयमा डा.अरुण शाहीको सुझाव यस्तो छ ।

लक्षण

– स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
– स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
– स्तन दुख्नु वा सुन्निनु
– स्तनमा खाल्टो पर्नु
– स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
– शरीरको अनावश्यक तौल घट्नु
– स्तनको रङ परिर्वतन हुनु

कारण

– परिवारमा आमा, दिदि, हजुरआमा कसैलाई स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले पनि क्यान्सर हुनसक्छ ।
– हर्मोनहरुको गडबडीले पनि स्तन क्यान्सर हुनसक्छ ।
– नियमित मदिरा सेवन गर्ने महिलामा ।
– बढी उमेरमा बच्चा जन्माउने महिलालाई पनि स्तन क्यान्सरको सम्भावना हुन्छ ।
– दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि यसको जोखिम बढ्छ ।

जोखिम कम गर्ने उपाय

– रक्सी तथा सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
– स्तनपान गराउनु पर्छ ।
– शरीरको तौलको लेबल स्वस्थ राख्नुपर्छ ।
– योगा, कसरत र दैनिक शारीरिक ब्यायाम गर्नु र पौष्टिक खानेकुरा खानुपर्छ ।
– ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउँदा पनि स्तन क्यान्सरको जोखिम हुने भएको २२ देखि २६ वर्षको उमेर सम्ममा विवाह गर्नुपर्छ र ३० वर्ष भित्र बच्चा जन्माउनु पर्छ ।
– स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण महिलासम्म पु-याउनु पर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।