English

महिलाहरू शिव साधना किन बढी गर्छन् ?

भगवान शिवको स्वरुपलाई महिलाहरूले बढी मन पराउँछन्



भवानी प्रसाद खतिवडा,संस्कृतिविद्

विशेष गरी महिलाहरू पुरुषको तुलनामा बढी व्रत बस्ने गर्छन् । अझ महिलाहरू विशेषतः महादेवको पूजा अर्चना र व्रत बस्ने गरेको पाईन्छ । सरसर्ती हेर्दा श्रीस्वस्थानी व्रत, तीजको व्रत, महाशिवरात्री, साउनको सोमवार, बालाचतुर्दशी तथा अक्षय तृतीया जस्ता तिथिहरूमा महिलाहरूले बढी महादेवको पूजा र आराधना गर्छन् ।

विवाहित महिला घर र परिवारमा सुख समृद्धि र पतिको लामो आयु होस् भनेर व्रत बस्छन् । अविवाहित युवतीहरू राम्रो श्रीमान पाउँ भनेर व्रत बस्ने चलन छ । भगवान शिव पुरुषको प्रतीक हुनुहुन्छ । महिला शक्तिको प्रतीक भएको र भगवान शिव पुरुषको प्रतीक भएको तथा शिव र शक्तिको सन्तुलन भएर मात्र यो सृष्टि चलेको हुनाले महिलाहरूले शिवको विशेष अराधना गर्छन् ।

किन शिव साधना ?

भगवान शिव पुरुषको प्रतीक हुनुहुन्छ । महिला शक्तिको प्रतीक भएको र भगवान शिव पुरुषको प्रतीक भएको तथा शिव र शक्तिको सन्तुलन भएर मात्र यो सृष्टि चलेको हुनाले महिलाहरूले विशेष शिवको अराधना गर्छन् । शिव र शक्तिको बीचमा अन्योन्याश्रित सम्बन्ध छ ।

अर्को सामान्य मानवीय दृष्टिले हेर्ने हो भने महिलाहरूको हृदय एकदमै कोमल, पवित्र र अति निर्मल हुन्छ । स्वच्छ र कोमल मन भएका महिलाहरू सबैको कल्याण होस्, सबैको भलो होस् र कसैले पनि दुःख कष्ट भोग्नु नपरोस् भन्ने भावना महिलामा हुन्छ । त्यसैले परिवार एवम् सम्पूर्ण जगतको कल्याण होस् भन्ने भावनाका साथ महिलाहरू भगवान शिवलाई पूज्छन् ।

भगवान शिवको स्वरुपलाई महिलाहरूले बढी मन पराउने गरेको पाइन्छ । पहिलेदेखि नै श्रीस्वस्थानी व्रत कथा तथा शिव पुराणहरूमा पनि महिलाहरूले शिवजस्तो पति पाउँ भनेर व्रत बसेको पनि हामीले सुन्दै र पढ्दै आएका छौ । शिव पुराण तथा श्रीस्वस्थानी व्रत कथामा भगवान शिवको स्वरूप तथा उनको शक्तिको बारेमा गरिएको वर्णनहरूबाट पनि महिलाहरू प्रभावित भएको हुन सक्छन् । व्रत बस्दा चित्त शुद्ध हुन्छ र मन पनि शुद्ध हुन्छ । मन तथा चित्त शुद्ध भयो भने त्यहिबाट शान्ति, सुख र ऐश्वर्य प्राप्त हुन्छ । त्यसैले महिलाहरू शिव साधना गर्न बढी मन पराउँछन् ।

प्रस्तुति : सुमित्रा लुईटेल



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा