English

राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग



राइज मिडिया नेटवर्कले मेलम्ची बाढी पीडितलाई सहयोग गरेको छ । बाढीले सर्वस्व गुमाएहरुलाई नेटवर्कले मंगलबार भान्साका लागि आवश्यक प्रेसर कुकर, डेक्ची, कराई, थाल, बटुका, बाटा, बाल्टी लगायतका भाँडाकुँडा हस्तान्तरण गरेको हो । विशेषगरी खोलापारीका पीडितले केही खाद्यान्न भएपनि पकाएर खाने भाँडाकुँडाको अभाव रहेको गुनासो गरेसँगै नेटवर्ककी निर्देशक एवं गायिका सुनिता दुलालको पहलमा १७ घर परिवारलाई भाँडाकुँडा सहयोग गरिएको हो ।

यसैगरी बाढी पीडित २० सुत्केरी महिलालाई घरको अवस्था हेरी प्रतिव्यक्ति पाँचदेखि दश हजार रूपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो । । बाढी पीडितहरुका लागि देशविदेशमा रहने विभिन्न सहयोगीहरुले समेत हातेमालो गरेका थिए ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्