English

अपाङ्गता भएका व्यक्ति संक्रमित भएमा के गर्ने ?



कोरोनाको दोस्रो लहरमा बालकदेखि वृद्धासम्मलाई संक्रमण फैलिएको छ । यसबाट शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोरोना संक्रकित भएका छन् । यस्तो अवस्थामा संक्रमित व्यक्ति र रेखदेख गर्ने व्यक्तिले यसरी ख्याल राख्नपर्छ ।

–अपाङ्गता भएका कोभिड–१९ संक्रमितलाई लगातार छाती दुख्ने, अल्मलिने, बोली लरबरिने वा अक्सिजनको मात्रा कम भई अप्ठ्यारो महशुस भए तुरुन्त अस्पताल लैजाने ।
–यदी संक्रमितले सक्नुहुन्छ भने धेरै छुने सतह र सहयोगी उपकरणहरु जस्तैः ह्वील चियर, सेतो लठ्ठी, वैशाखी बेलाबेलामा धुने वा स्यानिटाइज गर्ने र नसक्ने भए रेखदेख गर्ने व्यक्तिले गर्ने ।
–संक्रमित व्यक्तिले आफू अस्वस्थ हुँदा थाहा हुनुपर्ने महत्वपूर्ण जानकारी जस्तै बिमा, औषधिबारे परिवार र रेखदेख गर्ने व्यक्तिलाई थाहा दिने ।
–अपाङ्गता भएका संक्रमितले नियमितरुपमा औषधि सेवन गर्ने भए नछुटाउने र स्वास्थ्य जाँच गराउनु पर्ने भएमा स्वास्थ्य संस्थामा लैजाने ।
–रेखदेख गर्ने व्यक्तिले चिन्ता, डर र तानवलाई कम गराउन रचनात्मक कार्य गर्ने र अपाङ्गता भएका व्यक्तिलाई हौसला र प्रेरणा दिने ।
–अपाङ्गता भएका संक्रमित व्यक्तिको आलोपालो स्याहार गर्न सकिने गरी परिवारका सदस्य तयार हुने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested