थप ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार ८ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या आरटीपीसीआर विधिबाट ६ लाख २६ हजार ३ सय ४३ पुगेको छ भने एन्टिजेनबाट २८ हजार १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।