जहाँका मन्त्रीलाई रक्सी पिएर बजेट पेश गर्ने छुट छ !
आमरुपमा पनि एक परिवार चलाउनको लागि बजेटको आवश्य पर्छ । त्यहि अनुसार मानिसले घरमा वार्षिक यतिको बजेट लाग्छ भन्ने अनुमान गरेर यसको निर्धारण गर्दछन् ।

यसैगरी देशले पनि आफ्नो राष्ट्रलाई हेरेर हरेक वर्ष बजेट ल्याउँछ । बजेटमा सरकारको आम्दानी र खर्चको बारेमा हिसाव किताव हुन्छ । विश्वमा एउटा अनौठो देश छ, जहाँ बजेट पेश गर्नुअघि मन्त्रीले चाहेमा रक्सी पिएर बजेट पेश गर्न सक्दछन् । ब्रिटेनमा बजेटको दिन त्यहाँको चान्सलरले रक्सी पिएर पनि बजेट पेश गर्न सक्छन् ।

ब्रिटेनको संसदमा बजेट पेश गर्ने मन्त्रीलाई चान्सलरको रुपमा जानिन्छ । हाउस अफ कमन्स (ब्रिटेनको संसद)को नियम पुस्तिकामा यो नियम नै बनाइएको छ । रक्सी पिएर बजेट पेश गर्ने अधिकार मात्र चान्सलरलाई नै हुन्छ । अन्य दिन भने उनलाई संसदमा रक्सी पिउने अधिकार हुँदैन । यो नियमा ब्रिटेनमा दशकौँदेखि चलिआएको छ ।

ब्रिटेनमा बजेट पेश गर्नको लागि १ सय वर्षसम्म एउटै ब्रीफकेस प्रयोग गरिएको थियो । यसको नाम स्कारलेट थियो । चान्सलर विलियमद्वारा प्रयोग गरिएपछि ब्रिटेनमा लगातार १ सय वर्षसम्म हरेक चान्सलरले यो ब्रीफकेसको प्रयोग गरे । यो चलन १९६५ मा गएर रोकियो । त्यो बेला चान्सलर जेम्स क्यालेघनले आफ्नो लागि अर्को ब्याग मगाएका थिए ।

त्यसपछि १९९७ मा चान्सलर गार्डन ब्राउनले पनि बजेट पेश गर्न अर्को ब्याग मगाए । २०११ मा ब्रिटेनमा चान्सलर जर्ज असबर्नले हाउस अफ कमन्समा बजेट पेश गर्नका लागि त्यहि १ सय ५१ वर्ष पुरानो ब्रीफकेसको प्रयोग गरेका थिए । जसलाई १८६० मा चान्सलर विलियम ग्ल्याडस्टोनका लागि बनाइएको थियो । एजेन्सीको सहयोगमा