English

श्रीकृष्णले महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन रोजे ?



यो कुरा त तपाईलाई थाहा नै छ कि, महाभारतको युद्धका बेला भगवान श्रीकृष्णले नै अर्जुनलाई गीताको उपदेश दिएका थिए । तर आज पनि महाभारतको युद्धसँग जोडिएका केही रहस्य छन्, जसको बारेमा धेरै कम मानिसलाई मात्रै थाहा छ । महाभारतको युद्धका लागि श्रीकृष्णले कुरुक्षेत्र नै किन छाने त ? यो धेरैको जिज्ञासाको विषय हुनसक्छ ।

महाभारत

महाभारतको युद्ध संसारको सबैभन्दा भीषण युद्ध थियो । कौरव र पाण्डवको बीचमा भएको यो युद्धमा दुवैतर्फबाट करोडौं योद्धा मारिएका थिए । कुरुक्षेत्रको धर्ती महाभारतको लागि श्रीकृष्णले छानेका थिए । तर उनले कुरुक्षेत्रलाई नै किन चुने, यसबारेमा एउटा रहस्य रहेको छ । शास्त्रका अनुसार महाभारतको युद्ध तय भएपछि त्यसको लागि जमीन खोजिन थालियो । तर भगवान श्रीकृष्ण धर्तीको सबै पाप युद्धबाट मेटाउन चाहन्थे र धर्मको स्थापना गर्न चाहन्थे । मान्यताका अनुसार महाभारतको युद्ध भन्दा पहिला श्रीकृष्ण आफ्ना गुरु, दाजुभाई एकअर्काले मारेको देख्दा पाण्डव र कौरवबीच सन्धि हुन्छ कि भन्ने डरमा थिए ।

महाभारत

त्यसलाई टाढै राख्न उनले यस्तो भूमी चुने जहाँ द्वेष र क्रोधमात्र रहोस् । उनले यसका लागि आफ्ना दूतलाई खोज्न पठाए । दूतले भनेका स्थानको पूर्ण विवरणपछि उनले कुरुक्षेत्रलाई रोजे । त्यहाँ एक दाजुले आफ्नो भाईलाई खेतमा प्वाल परेको र त्यहाँबाट पानी अन्य स्थानमा जान नदिन भने । तर भाईले त्यो काम गर्न अस्वीकार गरेपछि दाजु रिसाए र भाईलाई छुरा रोपेर मारे । साथै उसको शव घिसारेर प्वाल नजिक ल्याए र बहिरहेको पानी थुने । श्रीकृष्णले यो घटना सुनेपछि कुरुक्षेत्रलाई नै महाभारतको युद्ध गर्ने उपयुक्त स्थान बनाए ।

महाभारत



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested