के छ, भर्चुअल कक्षाको विकल्प ?
असार १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । देशभरका विद्यालयहरुले सरकारको आदेश बमोजिम नयाँ भर्ना लिन थालेका छन् । साउन १ गतेदेखि भर्चुअल माध्यमबाट पढाई सुरु गर्ने सरकारको तयारी छ । देशभर नयाँ शैक्षिक सत्र वैशाखदेखि लागू हुन्छ तर यो वर्ष कोरोनाका कारण शैक्षिक सत्र २ महिना पछि सरेको छ । शैक्षिक सत्र सार्न र परीक्षा रोक्न नपाइने शिक्षाविद्को भनाई छ ।
यो वर्षको नयाँ शैक्षिक सत्र सुरु भए पनि सबै विद्यार्थीको भर्चुअल माध्यममा पहुँच नरहेको भन्दै नेपाल शिक्षक महासङ्घले यसको विकल्प खोज्न सरकारसँग माग गरेको छ । एकदमै दुर्गम क्षेत्रका विद्यार्थीलाई दूरी कायम गराएर सहज वातारणमा अध्ययन गर्न सकिन्छ की भन्ने सोच बनाएको नेपाल शिक्षक महासङ्घका केन्द्रीय सह अध्यक्ष पूर्णप्रसाद दबाडीले बताए ।
‘केही सिमित सहर र बजारमा यो सुविधाको पहुँच छ भन्दैमा भर्चुअल भनेर मात्र पुग्दैन’, उनी भन्छन्, ‘नयाँ विकल्प अवलम्बन नगरेमा शिक्षामा केही विद्यार्थीले राम्रो पढ्न पाउने अवसर गुमाएका छन्, यस्तो समस्या बढेका कारणले भर्चुअलको विकल्प खोज्न माग गरेका हौँ ।’
शिक्षक महासंघले सरकारसँग भर्चुअल शिक्षाको विकल्पको माग गर्नु भन्दा आफैँ के विकल्प हुनसक्छ भनि सीर्जनशील र चिन्तनशील हुनुपर्ने उचित रहेको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् ।
समुदायिक विद्यालयमा २२ प्रतिशत विद्यार्थीको भर्चुअलमा पहुँच
देशभरका सामुदायिक विद्यालयका २० देखि २२ प्रतिशत विद्यार्थीको मात्र भर्चुअल कक्षामा पहुँच रहेको छ भने सहरी क्षेत्रका विद्यार्थी ७० प्रतिशत भर्चुअलको पहुँचमा छन् । उनी भन्छन्, ‘सरकारले पहुँच भएका सहर बजारका स्कुल, अभिभावक र बच्चालाई मध्यनजर गरेर देशभरलाई हेर्न मिल्दैन ।’
यसैगरी कोरोनाको दोस्रो लहरमा भौतिक कक्षा सञ्चालन हुनु हुँदैन साथै कोरोना संक्रमणमा अलि कमी आएपछि भने कक्षा सञ्चालन गनुपूर्व शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोरोना विरुद्धको खोप अनिवार्य गर्नुपर्ने महासंघको माग रहेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले बताए ।
भर्चुअल कक्षाको विकल्प माग्नु उचित होइन
कोरोना महामारीका समयमा सरकारले ल्याएको भर्चुअल कक्षा पहुँच सबैसम्म नरहेको शिक्षाविद्को भनाइ छ । शिक्षक महासंघले सरकारसँग भर्चुअल शिक्षाको विकल्पको माग गर्नु भन्दा आफैँ के विकल्प हुनसक्छ भनि सीर्जनशील र चिन्तनशील हुनुपर्ने उचित रहेको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् । ‘शिक्षक साथीहरु नयाँ–नयाँ इनोभेसन गर्नुहुन्छ, र गर्नु पनि पर्छ, आफैँ विकल्प खोज्नुपर्छ’, उनी भन्छन्, ‘सरकारसँग भर्चुअलको विकल्प माग्नु उचित होइन ।’
परम्परागत प्रविधिको शिक्षामा सक्षमताको अधारमा विद्यार्थीको मूल्याङ्कनका गर्न सकिन्छ ।
भर्चुअल कक्षाको विकल्प परम्परागत प्रविधि
शिक्षाविद् कोइरालाका अनुसार भर्चुअल बाहेक पनि शिक्षाका लागि धेरै विकल्प छन् । विद्यार्थीका लागि भर्चुअल कक्षा नभए परम्परागत प्रविधि विकल्प हुनसक्छ । यसमा कुनै ठूला र जटिल प्रविधि प्रयोग नगरि बालबलिकालाई व्यवहारिक ज्ञान सिकाइन्छ ।
देशभरका सामुदायिक विद्यालयका २० देखि २२ प्रतिशत विद्यार्थीको मात्र भर्चुअल कक्षामा पहुँच रहेको छ भने सहरी क्षेत्रका विद्यार्थी ७० प्रतिशत भर्चुअलको पहुँचमा छन् ।
कसरी गर्ने विद्यार्थीको मुल्याङ्कन ?
परम्परागत प्रविधिको शिक्षामा सक्षमताको अधारमा विद्यार्थीको मूल्याङ्कनका गर्न सकिन्छ । पाठ्यक्रम विकास केन्द्रले कक्षागत, विषयगत र तहगत सक्षमता पाठ्यक्रम गरी तीन तहमा वर्गीकरण गरेको शिक्षाविद् कोइरालाले बताए ।
‘यो तीन तहको सक्षमता पाठ्यक्रमबाट मूल्याङ्कन कक्षा १ देखि १२ सम्म गर्न सकिने बनाएको छ’, उनी भन्छन्, ‘बिएदेखि एमफिल र पिएचडीसम्मको सक्षमता पाठ्यक्रम विश्वाविद्यालयको अनुदान आयोगमा छ ।’