English

बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?



तनाव ठूलालाई मात्र हुन्छ भन्ने छैन, साना बालबच्चाहरुलाई पनि हुन्छ । अझ अहिलेको अवस्थामा बच्चाहरु यसको जोखिममा छन् । बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने र तनाव कसरी कम गर्ने ? यस विषयमा मनोरोग विशेषज्ञ डा. केदार मरहठ्ठाको सल्लाह यस्तो छ ।

बालबच्चाहरुको मनोविज्ञान कसरी बुझ्ने ?

बच्चाहरुको तनाव वयस्कहरुको भन्दा केही फरक रुपले प्रकट हुनसक्छ ।
— बच्चाहरु अलिकती धेरै झिँजिराख्ने
— रोइराख्ने, रिसाइराख्ने
— आफ्नो बाबाआमाहरुसँग झुन्डिराख्ने
— अभिभावकहरुलाई छोड्नै नचाहने
— उनीहरुसँगै बस्न चाहने
— कुनैकुनै बच्चाहरु जो पहिला आफ्नो दिसापिसाबमा कन्ट्रोल गर्ने भइसकेका थिए । उनीहरुले पनि राती ओछ्यानमा पिसाब फेर्ने जस्ता कुराहरु फेरि पहिला जस्तै फर्कन सक्छ ।

तनाव कम गर्न के गर्ने

— यी कुराहरुलाई अत्यन्तै ध्यान दिएर हेर्नुपर्छ ।
— यी कुराहरु हामीले बच्चाहरुमा देख्याँै भने उनीहरुलाई अलिकति सहयोग गर्ने किसिमले अलि दयालु भएर उनीहरुसँग व्यवहार गर्नुपर्ने हुन्छ ।
— बच्चाको रुची र चाहना अनुसार यस्तो काम गर्नुपर्छ, जसले उसलाई खुशी तुल्याउन सकियोस् ।
— खेल्न र रमाउन दिनुपर्छ ।
— सकारात्मक कुराहरु सिकाउनुपर्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested