थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म २७ हजार ३ सय ८ जनाको एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको छ भने ६ लाख २२ हजार ६ सय ४० जनाको पीसीआर विधिबाट रिपोर्ट पोजेटिभ आएको छ ।