English

नासों पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी



मनाङको नासों गाउँपालिकाको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।

नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ ।

पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीपहिरोबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ । जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् ।

वर्षाको सुरुवातमै जिल्लालाई बाढीपहिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिरोले बितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् ।

शनिवार दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो ।

सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अवसर पुर्याएको जनाइएको छ ।

जिल्लाको तल्लो भेगमा गत मङ्गलवार मर्स्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढीपहिराले बगाएको उनले बताए । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीपहिराबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् । पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ । यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्षति पुर्याएको छ । बाढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।

७० प्रतिशत सडकमा क्षति

बाढीपहिराका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको मनसुनको शुरवातमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्षति पुगेको हो । पहिराको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।

यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मर्स्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिवार दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो ।

तत्कालका लागि जोखिम टरे पनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । रासस

यो पनि पढ्नुहोस्
कोल्ड ड्रिंक्सको हट कन्ट्रोभर्सी
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।