English

कोल्ड ड्रिंक्सको हट कन्ट्रोभर्सी

‘कोकलाई कन्ट्रोभर्सी बनाउन जरुरी छैन’–प्रियंका कार्की


गत मंगलवार यता कोकाकोलाको विश्वव्यापी चर्चा छ । नेपालमा पनि यसको चर्चा कम छैन । कोकाकोलाको विवाद चर्किंदै गएपछि नेपालकी ब्राण्डएम्बेस्डर अभिनेत्री प्रियंका कार्की यसलाई कन्ट्रोभर्सी बनाउन नहुने बताउँछिन् ।

‘अखाद्य वस्तुहरु धेरै नै छन्, कोकलाई मात्र कन्ट्रोभर्सी बनाउन जरुरी छैन’, उनले भनिन्, ‘यसलाई मात्र अकाउन्टेबल गरेर इस्यू बनाउनु हुँदैन ।’

डाक्टरहरुले नखानु र नगर्नु भनेका कुराहरु कुनै न कुनै किसिमले गरिरहेकोले यसमा विवाद गरेर बस्नुको औचित्य नभएको उनको भनाइ छ ।

आफ्नो लाइफ कसरी बाच्न मन लाग्छ त्यसैगरी बाच्नुपर्छ भन्ने सिद्धान्त राख्ने कार्कीलाई कोक खान सानैदेखि मन पर्छ र अहिले पनि खान छोडेकी छैनन् ।

बलिउडका एड गुरु प्रह्लाद कक्कडले कोकाकोलाको विवादपछि केही ब्राण्डसँग स्टारडम नापिने बताए । उनले भने,’ कसैले पेप्सी र कोकको एडमा काम गर्न पाए, उ ठूलो स्टार बन्छ भन्ने सोचाइ छ, तर यो लाजमर्दो कुरा हो ।’

त्यस्तै रेडिफ्यूजनका म्यानेजिङ डाइरेक्टर तथा ह्यूमन ब्राण्डका विशेषज्ञ डाक्टर सन्दीप गोयल सेलिब्रेटीहरु पैसामा विश्वास राख्ने बताउँछन् । यो उनीहरुको लागि आफ्नो भ्याल्यु उचाईमा पुर्याउने मौका भएकोले जति भएपनि काम गर्ने गरेको बताउँछन् । भारतमा यो एडले कलाकारलाई वार्षिक ५ देखि ७ करोड रुपैयाँ आम्दानी हुन्छ ।

माथिका सबै कुरा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रि कन्फरेन्सका बेला कोका कोलाका दुईवटा बोतल आफ्नो अगाडिबाट हटाएपछि आएका कुरा हुन् । कुरा गत मंगलवार यूरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि म्याच कन्फरेन्सको हो । त्यतिबेला रोनाल्डोले आफ्नोअघि राखिएका कोकका दुई वटा बोतल हटाएर कोक होइन पानी पिउनुपर्छ भने । रोनाल्डोको त्यो भनाईले कोकाकोला कम्पनीलाई ४ अर्ब डलरको नोक्सान भएको कुरा बाहिरिएको छ ।

कोकाकोला १९७४ देखि फिफाको स्पोन्सर कम्पनी समेत हो । तैपनि, अहिले सामाजिक सञ्जालमा रोनाल्डोले देखाएको साहसलाई विश्वले सम्मान गरेको छ । तर, नेपालमा भने यसरी साहस देखाउने सेलिब्रेटीहरु पाउन गाह्रो छ ।

नेपालका कतिपय सेलिब्रेटीहरु पनि पेप्सी, स्प्राइट, कोकाकोला जस्ता पेय पदार्थको ब्राण्ड एम्बेस्डर बनेका छन् । राम्रो कमाई हुने भएपछि सेलिब्रेटीहरु विज्ञापन छोड्न सक्दैनन् ।

अभिनेत्री तथा फिल्म निर्मात्री केकी अधिकारीले अनार चामलको ब्राण्ड एम्बेस्डरमा नियुक्त हुँदा यस्ता ब्राण्डसँग जोडिँदा कलाकारलाई ठूलो आर्थिक सहयोग पुग्ने बताएकी थिइन् । उनले त्यो बेला ब्राण्डसँग कलाकार जोडिए बापत् पाउने पारिश्रमिक लोभलाग्दो भएको समेत बताइन् । तर, मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्राण्डसँग भनेँ जोडिन नहुने उनको भनाई थियो ।

नेपालमा भने यतिबेला अभिनेत्री प्रियंका कार्की कोकाकोलाको ब्राण्ड एम्बेस्डर छिन् । कार्की नै नेपालमा कोकाकोलाको पहिलो ब्राण्ड एम्बेस्डर हुन् । उनले यसबापत वार्षिक लगभग ८ लाख पारिश्रमिक पाउने स्रोतले जनाएको छ ।

गुलियो पेय पदार्थका ब्राण्ड एम्बेस्डर को-को छन् ?

कोकाकोला नेपाली बजारमा सन् १९७३ मा आएको हो । त्यसपछि १९७९ देखि यसको नेपालमै उत्पादन सुरु गरिएको छ । यसका २ वटा उत्पादक कम्पनी काठमाडौं र चितवनमा छन् । भारतमा पनि यसको बजार ठूलो छ ।

भारतका चर्चित सेलिब्रेटीहरुले यसको समर्थन गरिसकेका छन् । आमिर खान, ऐश्वर्या राय, परेश रावल, रणविर कपूर, सलमान खान समेत कोकाकोलाको विज्ञापनमा देखिसकेका छन् ।

नेपालमा भने यतिबेला अभिनेत्री प्रियंका कार्की कोकाकोलाको ब्राण्ड एम्बेस्डर छिन् । कार्की नै नेपालमा कोकाकोलाको पहिलो ब्राण्ड एम्बेस्डर हुन् । उनले यसबापत वार्षिक लगभग ८ लाख पारिश्रमिक पाउने स्रोतले जनाएको छ । यो वर्षको अन्तिमबाट उनको कोकाकोलासँगको सम्झौता सकिँदै छ ।

नेपालमा गुलियो पेय पदार्थको कुरा गर्दा स्प्राइटका ब्राण्डएम्बेस्डर नायक अनमोल केसी हुन् भने पेप्सीको ब्राण्डएम्बेस्डर नायक प्रदीप खड्का हुन् ।

भारतमा पनि अभिनेता सलमान खान पेप्सी राजश्री इलाइचीका ब्राण्डएम्बेस्डर छन् भनेँ, टाइगर श्रफ पेप्सी, ऋतक रोशन माउण्टेन ड्यु, अजय देवगन र शाहरुख खान विमल इलाइची र रणवीर कपूर कोका कोलाको ब्रण्ड एम्बेस्डर हुन् ।

‘मधुमेहका बिरामीहरुलाई भनेर विशेष किसिमको डाइट कोक ल्याइएको छ, यो सबै बिक्री गर्नका लागि ल्याइएको वाइयात मात्रै हो, यसका फाइदा छैनन्, धेरै हानी छन् ।’

कोकाकोलाको सेवनले स्वास्थ्यमा पार्न सक्ने असर

कोकमा अत्याधिक चिनी हुने र बिना पौष्टिक तत्वको पेय पदार्थ भएकोले यसमा भएको विशेष किसिमको स्वादले स्वास्थ्यमा धेरै असर गर्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

‘कोकमा भएको स्वादले मानिसहरुलाई लत नै लाग्छ,’ डा. उप्रेती भन्छिन्, ‘यस्ता गुलियो पेय पदार्थले शरीरमा एकदमै बेफाइदा गर्छ ।’

३ सय मिलिलिटरको कोकमा १० चम्चा चिनी हुन्छ, तर मानिसहरुले यसमा अत्याधिक गुलियो छ भन्ने कुरा महशुस नै गरिरहेका हुँदैनन् । विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार एउटा मानिसले एकदिनमा ५ ग्राम, अर्थात् १ चम्चा चिनी खानु उपयुक्त हुन्छ ।

तर, एउटा ३ सय मिलिलिटर कोकको सिसिमा १० चम्चा चिनी हुन्छ । लत लागेको मानिसले एकैदिनमा २ देखि ३ वटा सिसि कोक खाने गरेको पाइएको डा. उप्रेती बताउँछिन् । कोकसँगै फेन्टा, स्प्राइट, ड्यु, पेप्सी पनि खान नहुने उनको सुझाव छ ।

‘कलाकारहरु विज्ञापनमा देखिन्छन् तर, खाँदैनन्, त्यसैले कलाकारले पनि कस्ता कुरामा विज्ञापन गर्ने भन्ने ध्यान दिन जरुरी छ ।’

यस्ता पेय पदार्थले मोटोपनको समस्या, सुक्ष्म पोषक तत्व र क्याल्सियमलाई नष्ट गर्दछ । क्याल्सियमको कमीले हड्डीहरु कमजोर हुन्छ । यस्ता किसिमका गुलियो खानेकुरा खाने मानिसहरुले अन्य किसिमका खानेकुराहरु पनि धेरै खान्छन् । परिणमस्वरुप यस्ता मानिसलाई मधुमेहको समस्या हुने उप्रेती बताउँछिन् ।

‘मधुमेहका बिरामीहरुलाई भनेर विशेष किसिमको डाइट कोक ल्याइएको छ,’ उनी भन्छिन्, ‘यो सबै बिक्री गर्नका लागि ल्याइएको वाइयात मात्रै हो, यसका फाइदा छैनन्, धेरै हानी छन् ।’

यस्ता पेय पदार्थले रोग प्रतिरोधात्मक क्षमतालाई समेत घटाउने उनी बताउँछिन् । साथै, मिर्गौला, आँखामा पनि समस्या पार्छ ।

‘कलाकारहरु विज्ञापनमा देखिन्छन् तर, खाँदैनन्,’ उनले भनिन्, ‘त्यसैले कलाकारले पनि कस्ता कुरामा विज्ञापन गर्ने भन्ने ध्यान दिन जरुरी छ ।’

यो पनि पढ्नुहोस्
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested