English

यसरी बनाउनुहोस् चिकेन छोइला



नेवारी समुदायको मासुको परिकार मध्ये एक हो छोइला । छोइलाको टिपिकल अर्थ भनेको ‘छुयुः ला’ अर्थात् पोलेको मासु भन्ने हुन्छ । काँचो मासुलाई पोलेर मात्रै तयार गरिने भएकाले यसलाई छोइला भनिएको हो ।

यसलाई नेवारी समुदायमा चिउरासँग खाने गरिन्छ । तपाईले घरमा यसरी बनाएर खान सक्नु हुन्छ ।

आवश्यक सामाग्री

– आधा किलो फल मासु


– लसुन र अदुवाको पेस्ट


– दुई चम्चा रातो खुर्सानीको धुलो


– ५ देखि ६ दाना टिमुरको धुलो

– एक चम्चा मेथिको दाना

– बेसार,नुन आवश्यक अनुसार

– तोरीको तेल आवश्यक अनुसार

– मसिनो गरी काटेको हरियो लसुन र धनियाँ

बनाउने विधि

–लामो गरी काटेको काँचो मासु सुइरो (मासु पोल्न प्रयोग गरिने फलामको सुइरो) मा खोप्ने ।

–सुइरोमा खोपेको मासु परालको आगोमा राम्रोसँग पोल्ने ।

–पोलेको मासु आवश्यक अनुसार टुक्रा–टुक्रा बनाएर काट्ने ।

–काटेको मासु, मसलाहरु लसुन र अदुवाको पेस्ट, रातो खुर्सानीको धुलो, मसिनो गरी काटेको लसुन र धनियाँ , टिमुरको धुलो एक भाँडामा राख्ने

–तोरीको तेलमा मेथि पड्काउने र बेसार पकाएर मोल्ने ।

–यसरी तपार्इंलाई मन पर्ने मासुको छोइला बनाउन सक्नुहुन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested