English

कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)

वार्षिक १४ करोड आम्दानी गुम्यो


‘धैर्य नै ठूलो प्रार्थना हो’
माथिको भनाई सिद्धार्थ गौतम बुद्धको हो । कोरोना महामारीले थला परेको बुद्धको जन्मस्थल लुम्बिनी यही प्रार्थना गरिरहेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकको हब मानिने लुम्बिनी अहिले सुनसान छ । सधैं मानिसको भीडभाड हुन यो थलोमा यतिबेला चराचुरुङ्गी र जनावरबाहेक केही देखिँदैनन् । समग्रमा लुम्बिनीले लामो थकाई मारिरहेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकबाट लुम्बिनीमा झन्डै वार्षिक १४ करोड रुपैयाँ आम्दानी हुन्थ्यो । तर, अहिले लुम्बिनी आर्थिक रुपमा थला परेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् ।

लुम्बिनीले वाह्य पर्यटकलाई स्वागत नगरेको दुई वर्ष बितिसक्यो । कोरोनाको पहिलो लहरमा लामो समय बन्द भएको लुम्बिनी परिसर ३ मंसिरबाट खुलेको थियो । ‘केही महिना आन्तरिक पर्यटक आउनुभएको थियो,’ शाक्य भन्छन्, ‘वैशाखबाट लुम्बिनी फेरि थला परेको छ, कार्यालयमा पनि अत्यावश्यक कर्मचारीमात्र उपस्थित भएर काम गरिरहेका छौं ।’ सरकारले अब केही दिनमा निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेपनि लुम्बिनी तत्काल खुल्ने सम्भावना नरहेको शाक्य बताउँछन् । ‘सरकारले लकडाउन खुकुलो बनाएतापनि तत्काल खोल्न सकिँदैन,’ उनले भने, ‘मन्दिर खोल्ने सरकारको निर्णय पछिमात्र चरणवद्ध रुपमा खोल्छौं ।’

सन् २०१९/२० को तथ्यांकअनुसार लुम्बिनीमा वार्षिक करिव १९ लाख पर्यटक भित्रिन्थे । जसमध्ये, आन्तरिक करिव १४ लाख, भारतबाट २ लाख ५० हजार, यसैगरी, थाइल्यान्ड, जापानलगायतका तेस्रो मुलुकका झन्डै २ लाख पर्यटकले लुम्बिनी भ्रमण गर्ने गरेकाे शाक्य बताउँछन् । ‘२ वर्ष यता विदेशी पर्यटकहरु ठप्प छन्,’ उनले भने । पर्यटकको आवतजावत नभएपछि लुम्बिनी परिसर भित्रका चराचुरुङ्गी, जीवजन्तु स्वच्छन्द बाहिर निस्कन थालेका छन् । ‘मानिसहरुको आवतजावत नभएपछि जीवजन्तुहरु बाटोमै निस्फिक्री डुलिरहेको देख्न सकिन्छ,’ शाक्यले भने, ‘मयुर, मृग, नील गाईलाई नजिकैबाट नियाल्न सकिन्छ ।’ लुम्बिनी विकास कोषले निषेधाज्ञामा पनि गुरुयोजनाका बाँकी कामलाई सुचारु राखेको छ । पोखरी, गौतम वुद्ध फलफूल बाटिका, ५ हजार क्षमताको हल निर्माणका काम भइरहेको शाक्यले जनाए । साथै, गुरुयोजना अन्तर्गतका अन्य बाँकी कामको पनि ठेक्का आह्वान गरिएको छ ।


अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



सम्बन्धित खबरहरु

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज

Latest










Popular
Suggested