English

कुन च्याउ खाने, कुन नखाने ?



नेपालमा खान हुने च्याउ १ सय ४७ किसिमका रहेका छन् भने सय किसिमका विषालु र ७५ किसिमका च्याउ औषधिका लागि उपयोगी छन् । वर्षेनी बिषालु च्याउ खाएर ज्यान गुमाएको घटना बाहिरिने गरेको छ । गाउँघरमा बर्खाको सिजनमा पाइने च्याउबारे यथार्थ थाहा नभएर अकालमै ज्यान गुमाएका छन् । च्याउको बारेमा प्रचलित भ्रम र यथार्थबारे वरिष्ठ च्याउ विज्ञ डा.महेशकुमार अधिकारी यसो भन्छन् ।

भ्रम

–कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो हुँदैन । तर कुनै पनि च्याउ पकाउँदा चम्चा र प्याज, लसुनलाई कालो बनाउँदैन ।


– टिमुरले बिषालु च्याउको विष मार्दैन । च्याउमा टिमुर राखेर पकाउँदा च्याउको विषालुपन मर्छ भनिन्छ, तर त्यो सत्य होइन यसले टर्रो मात्र बनाउँछ ।


– दूध आउने च्याउ कुनै खान मिल्ने हुन्छ भने कुनै नमिल्ने हुन्छ । दूध आउने च्याउ नचिनि खानु हुँदैन । यस्तोे च्याउ खाएमा खुर्सानीको पीरो जस्तै पर्पराउँछ ।


– गोबर र रुखमा उम्रिएको च्याउहरु कतिपय मीठो हुन्छ र कतिपय बिषालु, त्यसैले यस्ता च्याउ नचिनि खानु हुँदैन ।

–किरा फट्याङ्राले खाएको च्याउ बिषालु हुँदैन भनिन्छ । तर यो सत्य होइन, च्याउ नचिनेर खाँदा मान्छेको ज्यान पनि जान सक्छ ।


–चिप्ले किराले खाएको च्याउ खानै हुँदैन भन्ने होइन ।


–चम्किलो रङ भएका च्याउ खान हुने र नहुने दुुवै छन् ।

–कत्ला भएको च्याउ खान हुन्छ भन्ने मान्यता भएपनि खान नहुने च्याउ पनि थुप्रै छन् ।

यथार्थ

–यार्सागुम्बा जातको च्याउ खाँदा शरीरलाई कुनै असर गर्दैन ।


–नेपालमा खेती गरिएका १० प्रजातिका च्याउले कुनै क्षति नगर्ने भएकाले यस्ता च्याउ खान मिल्छ ।


–विषालु च्याउ छुट्याएर धेरै आधार नभएका कारणले आफूलाई जानकारी नभएको च्याउ खानुहुँदैन ।

–जंगली च्याउ नबुझिकन, नसोधिकन, नजानिकन, नचिनिकन नखाने ।


–जंगली च्याउ विज्ञलाई देखाएर मात्र खानुपर्छ ।

यो पनि पढ्नुहोस्
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested