English

मोटोपना कसरी थाहा पाउने ?



अहिले जल्दोबल्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ मोटोपन । कोभिड–१९ का कारण पनि मानिसमा शारीरिक परिश्रमको कमीले मोटोपन बढ्दो छ । शरीरमा आवश्यकताभन्दा बढी बोसो जम्नु, पेट बाहिर निस्कनु र शरीरको आकारमा परिवर्तन हुनु नै मोटो हुनु हो ।

अहिले मानिस आफ्नो तौल कति हुनपर्छ ? कति तौल स्वस्थताको आधार हो भन्ने कुरामा अलमल छन् । कती हाइट भएको मानिसको तौल कति हुनुपर्छ लगाएतका विषयमा नर्भिक इन्टरनेशनल हस्पिटलकी डायटिसियन डा. प्रनिती सिंहको सुझाव यस्तो छ:

कति हाइट भएका व्यक्तिको तौल कति हुनुपर्छ ?

यो विश्वमा प्रचलित विधि हो जसलाई बडी मास इन्डेक्स भनिन्छ । यो सूत्रअनुसार उचाइलाई मिटरमा नापी आउने अंकको वर्गफल (होल स्क्वायर)ले तौल केजीलाई भाग गर्दा १८.५ देखि २२.९ सम्म भागफल आएको तौललाई सामान्य तौल मानिन्छ । उदाहरण व्यक्तिको उचाइः १६७ सेमी तौलः ५५ केजी छ भने त्यो सामान्य हो । २३ देखी २४.९ भए पनि त्यो मोटोपन हुन्छ २५ देखि २९.९ भयो भने मोटोपन भन्दा अझ एक स्टेप अगाडी गयो भनेर बुझ्नुपर्छ ।

तौल बढ्न नदिन के गर्ने ?

धेरैलाई लाग्छ, खान छाड्ने बित्तिकै मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छोडिरहेका हुन्छन् । तर, खाना छोड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित हुन्छ । शारीरिक रुपमा सक्रिय भएपछि वा शरीरको समूचित व्यायाम गरेपछि तौल नियन्त्रण गर्न सम्भव हुन्छ ।
— खानको नियन्त्रण गर्नु पर्छ । हामीले कति खाईराछौँ, के खाइरहेका छौँ, कति मात्रामा खाइरहेका छौँ भन्ने कुरा बुझ्नुपर्छ । प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थहरू हरियो तरकारी, ताजा फलफूल र क्यालरी डाइट गर्नुपर्छ ।

— पानी पनि प्रसस्त मात्रामा पिउनुपर्छ । महिलाहरुले २ देखि ३ लिटर पानी खान सक्छन् भने पुरुषहरुले ३ देखि ४ लिटर पानी खानु पर्छ । तर त्यति पानी धेरैले नियमति पिएका हुँदैनन् । त्यति पानी दनिक पिउनुपर्छ ।

— स्वस्थ जीवन बाच्नकै लागि पनि तौल कम गर्नुपर्छ । तर कतिपय व्यक्तिलाई मोटोपनकै कारण व्यायाम गर्नमा समस्या हुनेगर्छ । समस्या भयो भन्दैमा व्यायाम छोड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सरसाइज गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

— धेरै मोटो भएकै कारण कठिन व्यायाम गर्न सकिँदैन भने हल्काफुल्का व्यायाम गर्न सकिन्छ । यसको लागि मनिर्ङ वाक उत्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिव आधा घण्टा मर्निङ वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखा पर्छ ।

— तौल नियन्त्रण गर्न राम्ररी निदाउनु पनी जरुरी हुन्छ । राम्रो निन्द्रा भयो भने हाम्रो शरीरमा भएको हर्मोनहरुको ब्यालेन्स मिल्छ । हर्मोनको ब्यालेन्स मिल्यो भने केही मात्रामा तौल पनि नियन्त्रण हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।