English

पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या



जब पहिलो पटक सेक्स हुन्छ, शरीरमा धेरै परिवर्तनहरू देखिन्छ । भर्खरै पहिलोपटक यौन सम्बन्ध राख्नु भएको छ वा यौन सम्बन्ध राख्ने योजना गर्दै हुनुहुन्छ भने, कस्ता परिवर्तनहरू शरीरमा हुन्छ भन्ने जिज्ञासा हुन सक्छ । धेरैको मनमा यी परिवर्तनहरूसँग सम्बन्धित धेरै प्रश्नहरू हुन सक्छन् । यहाँ पहिलोपटक यौनसम्पर्क गर्दा शरीरमा देखिने समस्याका बारेमा यहाँ चर्चा गरिएको छ ।

दुखाई

पहिलोपटक यौनसम्पर्क गर्दा सामान्य दुखाई हुन्छ । यसको पछाडि थुप्रै कारणहरु हुन सक्छ । जसमध्ये, योनीच्छद तन्किएको कारण दुख्न सक्छ, लुब्रिकेशनको कमीले पनि दुख्न सक्छ, योनी टाइट भएको कारण पनि दुखाई हुन सक्छ । साथै, यौनसम्पर्कको बेलामा चिन्ता लिँदा पनि पीडा हुन सक्छ । यसैगरी, यौनसँग सम्बन्धित धार्मिक विश्वासहरु दुखाईको कारण हुनसक्छ । पहिलोपटक सेक्स गर्दा गर्भासयमा क्रम्प्स हुन थाल्छ । अक्सिटोसिन सेक्सको समयमा जारी हुन्छ, जसले गर्भासयमा संकुचनको कारण दुखाई हुने सम्भावना हुन्छ ।

रक्तस्राव

पहिलोपटक सेक्स गर्दा यौनीबाट रक्तस्राव हुन सक्छ । तर, सबैको नआउन पनि सक्छ । यौनसम्पर्क गर्दा रगत आएको छ भने यस्को कारण हाइमेन हो । हाइमेन पातलो छाला झिल्ली हो जुन यौनसम्पर्कको बेलामा फैलन्छ र रगत बग्न थाल्छ ।

हाइमेन सजिलै तन्कन सक्दछ र सेक्स मात्र यो फुट्नुको कारण नहुन पनि सक्छ । गेमहरु खेल्दा पनि हाइमेन फुट्न सक्छ । ट्याम्पन्सको प्रयोगले पनि हाइमेनलाई फुटाउन सक्छ । साथै, रफ सेक्स गर्दा पनि रगत बग्ने सम्भावना बढी हुन्छ ।

पिसाब पोल्ने

पहिलोपटक यौनसम्पर्कपछि पिसाब गर्दा पोल्ने समस्या पनि देखिन्छ । यो सामान्य कुरा हो । योनी र मूत्रमार्ग धेरै नजिक हुन्छ । त्यसैले योनीमा दबाबको पीडा मूत्रमार्गमा पनि हुन्छ । तर, यदि यो दुखाइ दुई–तीन दिन भन्दा बढी रहन्छ भने डाक्टरसँग सल्लाह लिनुपर्छ ।

योनी चिलाउने

सुरुवाती यौनसम्पर्कले योनी चिलाउने समस्या पनि देखिन्छ । यदि यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गरिएको छ भने त्यसको एलर्जी पनि हुन सक्छ ।

पिसाबमा इन्फेक्सन

सेक्सको क्रममा ब्याक्टेरियाहरू योनी र मूत्रमार्गमा पुग्न सक्छ । जसले पिसाबको इन्फेक्सन गराउन सक्छ । कहिलेकहीँ यसकै कारण चिलाउन र जलनको समस्या भएको पनि हुन्छ ।

निपल्स र स्तनको आकारमा वृद्धि हुनु

धेरै स्नायुहरु निपल्समा आएर जोडिएको हुन्छ । यसको कारणले गर्दा उत्तेजित हुँदा निप्पल्स परिवर्तन हुन्छ । यसले छाती टिस्यू फूल्छ र स्तन पनि ठूलो देखिन सक्छ । यो मात्र होइन, उत्तेजित हुँदा निपल्स कडा हुन्छ । यद्यपि, सेक्स पछि यो आफ्नो सामान्य आकारमा फर्कन्छ ।

एजेन्सीको सहयोगमा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested