English

सरकारले कर दाखिला गर्ने म्याद थप्यो



सरकारले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आज (बुधवार) यसको जानकारी गराएको हो ।

‘कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार देहाय बमोजिम कर विवरण तथा कर दाखिला गर्ने म्याद थप भएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

१. मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ वैशाख महिनाको मासिक तथा संवत् २०७७ चैत, संवत् २०७८ वैशाख महिनाको द्वेमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ गतेसम्म ।

२. आयकर ऐन, २०५८ बमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रीम करकट्टी भएको रकम र सो को विवरण बुझाउने म्याद संवत् २०७८ साल असार २५ सम्म ।

३. अन्तः शुल्क ऐन, २०५८ बमोजिम संवत् २०७७ चैत र संवत् २०७८ वैशाख महिनाको बुझाउनु पर्ने अन्तः शुल्क विवरण तथा सो विवरण बमोजिमको अन्तः शुल्क दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ सम्म ।

४. संवत् २०७८ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन, स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने संवत् २०७८ साल असार २५ सम्म ।

यो पनि पढ्नुहोस्
देशभर बाढी र पहिरोको बितण्डा (फोटो फिचर)
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
अझै तीन दिन भारी वर्षा हुने
मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता
यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)

निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार