English

कोरोना खोपबारे भ्रम र यथार्थ



नेपालमा माघ १४ गतेबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान चलिरहेको छ । कोरोना खोप सम्बन्धी भ्रामक हल्लाहरू हुँदा आम मानिस त्रस्त बनेका छन् । खोपका बारेमा फैलिएको भ्रमलाई बेलैमा चिर्न जरुरी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । कोरोना खोपबारे यस्तो छ उनको सुझावः

१. खोप लगाएपछि स्वास्थ्य मापदण्ड अपनाउनु पर्दैन ?

कोरोना खोप लगाएका व्यक्तिहरुले पनि स्वस्थ मापदण्ड अपनाउनु पर्छ । नेपालमा सबैले कोरोना खोप नलगाएको हुँदा खोप लगाएका व्यक्तिहरुले पनि अरुले जस्तै स्वास्थ्य मापडण्ड अपनाउनु पर्ने हुन्छ । जसले गर्दा खोप लगाएका व्यक्तिहरुलाई संक्रमण हुने चान्स न्युन हुन्छ ।

२. खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

कोरोना खोपको दुईवटै डोज लगाएका व्यक्तिहरु कति समयसम्म सुरक्षित हुन्छन् भन्ने यकिन तथ्यांक अहिलेसम्म नआएको हुनाले यति समय सुरक्षित हुन्छन् भन्न मिल्दैन । यो विषयमा विभिन्न अध्ययन अनुसन्धानहरु भईरहेको छ ।

३. खोप लगाईसकेका व्यक्तिहरुलाई कोरोना लाग्दैन ?

कोरोना खोप लगाईसकेका व्यक्तिहरुलाई कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुनु हुँदैन । नेपालमा सबैले खोप नलगाएको हुनाले कोरोना खोप लगाएका केही व्यक्तिहरुमा पनि संक्रमण हुनसक्छ । तर, खोप नलाएका व्यक्तिहरुमा भन्दा लगाएका व्यक्तिहरुमा सामान्य लक्षण देखिन सक्छ ।

४.कोरोना खोप नेपालमा ट्रायलका लागि ल्याइएको हो ?

सुरुमा नेपालमा खोप आउँदा ट्रायलको लागि आएको हो भनेर धेरैले लगाउन डराएका थिए । तर, तीन वटा ट्रायाल पार गरेर मात्र खोप बजारमा आएको हुन्छ । त्यसैले नेपालमा खोप ट्रायलको लागि आएको हो भनेर लगाउन डराउनु पर्दैन ।

५. पहिलो खोप लगाएको कति समयमा दोस्रो डोज लगाउनु ठीक हुन्छ ?

कोरोना खोपको पहिलो डोज लगाएका व्यक्तिहरुले ४ हप्तादेखि १२ हप्ताको अन्तरालमा दोस्रो डोज लगाउनु पर्छ । १२ हप्ता भन्दा ढिलो भयो भने स्वास्थ्यमा केही हानी हुने त हैन, तर पहिलो खोपको प्रभावकारीता कम हुनसक्छ । त्यसैले अहिले सम्मको अनुसन्धान अनुसार पहिलो खोप लगाएको १२ हप्ता भित्र दोस्रो खोप लगाउनु पर्छ ।

६. खोप लगाएपछि विभिन्न समस्याहरु देखा पर्छन् ?

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म त्यस्तो गम्भीर समस्या केही पनि देखीएको छैन । सामान्य ज्वरो, ज्यान दुख्ने र टाउको समस्याहरु भने देखिएको थियो । त्यस्ता साना समस्याहरुलाई सिटामोलको सेवनले पनि निको हुन्छ । त्यसैले ठूलो समस्या देखिएला भनेर डराउनु पर्दैन ।

७. युवाहरुलाई भन्दा पहिले वृद्धलाई खोप किन ?

पहिलो लहरमा वृद्धवृद्धाहरु बढी मात्रामा संक्रमित भएका थिए । मृत्यु हुनेको संख्या पनि युवाहरुको तुलनामा वृद्धावृद्ध नै धेरै थिए । त्यसैले पहिलो लहरको तथ्यांकको आधारमा उनीहरुलाई प्राथमिकता दिएको हुनाले युवाहरुलाई भन्दा वृद्धवृद्धाहरुलाई पहिले खोप लगाईयो ।

८. के खोप लगाएका व्यक्तिहरुको शरीर चुम्बकीय हुन्छ ?

कोरोना खोप लगाएका व्यक्तिहरुको शरीर चुम्बकीय भयो भनेर अहिले सामाजिक सञ्जालहरुमा धेरै भाईरल भईरहेको छ । तर, त्यसमा कुनै सत्यता छैन, खोप लगाएको व्यक्तिमा धातुहरु टाँसीने भएको भए त खाना खाँदा प्रयोग भएको चम्चा उसको हातमै टाँसीरहेको हुनुपर्ने त्यसैले यसमा सत्यता छैन ।

९. पहिलो डोज कोभीसिल्ड लगाएको व्यक्तिले दोस्रोमा भेरोसेल लगाउन हुन्छ ?

प्हिलो डोज कोभीसिल्ड लगाएका व्यक्तिहरुले दोस्रो डोज भरोसेल लगाउन हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि धेरैको हुन्छ । तर अहिले सम्मको अनुसन्धानले त्यसतो गर्न मिल्छ भनेर पुष्टि गरेको छैन त्यसैले पहिलो डोज जुन खोप लगाएको छ त्यो नै लाउँदा प्रभावकारी हुन्छ ।

१०. कोरोना निको भएका व्यक्तिहरुले कति समय पछि खोप लगाउन मिल्छ ?

कोरोना संक्रमण निको भएका व्यक्तिहरुले एक महिना पछि खोप लगाउन मिल्छ । पहिलो डोज लगाईसकेका व्यक्तिहरुलाई कोरोना संक्रमण भयो भने यसले कोरोना संक्रमण मुक्त भएको एक महिनापछि खोप लगाउँदा हुन्छ ।



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ