English

मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता



सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण मेलम्ची बजार आसपासका बस्ती डुबानमा परेका छन् । मंगलबारदेखि परेको अविरल वर्षाले नदी आसपासका १२ घर बगाएको र ६ जनाभन्दा बढी मानिस बेपत्ता भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन अधिकारीले बताए ।

‘मंगलबार साढे ४ बजेबाट मेलम्ची नदीको बहाब बढ्न सुरु भएको थियो,’ एसपी अधिकारीले भने, ‘साँझ ७ बजेतिर ठूलो भेल आयो जसले नदी आसपासका घर बगायो ।’

मेलम्ची बजार बाढीले क्षत विक्षत बनाएको छ । तिम्बुदेखि ग्याल्थुमसम्म ५ वटा र मेलम्ची बजार आसपासमा ७ वटा घर बगाएको उनले जानकारी दिए । यसैगरी, झोलुङ्गे र पक्की पुल पनि बाढीले बगाएको छ ।

नदी मेलम्ची बजारबाट ५० मिटर भित्र छिरेको उनले बताए । ‘नदी आसपासका मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ,’ अधिकारीले भने, ‘यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको आपतकालिन बैठक बसिरहेको छ ।’

समयमै सावधानी अपनाएकाले मानवीय क्षती कम भएको एसपी अधिकारी बताउँछन् । ‘हामीले नदीको बहाब बढेसँगै आसपासका मानिसलाई हटाइहाल्यौं,’ उनले भने, ‘त्यही कारण मानवीय क्षती कम भयो यद्यपि, थप विवरण आउने क्रममा छ ।’

तस्बिर: सामाजिक सञ्जालबाट



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested