English

अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)



राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड बिस्तारले तीव्रता पाएको छ ।

२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको यो राजमार्ग करिव ६० वर्षपछि फराकिलो बन्न लागेको हो । उक्त सडकखण्डलाई दुई खण्डमा विभाजन गरी बिस्तार गर्न लागिएको छ । नारायणगढदेखि दाउन्नेसम्म खण्ड एक र दाउन्नेदेखि बुटवलसम्म खण्ड दुई गरी १ सय १४ किलोमिटर सडक फराकिलो बन्न लागेको हो ।

जस अन्तर्गत बरघाट, सुनवल र बुटवल ६ लेनको बन्ने छ, जंगलको भाग ४ लेन र दाउन्नेमा ३ लेनको सडक बिस्तार हुने आयोजनाले जनाएको छ । सडक बिस्तारको ठेक्का चाइनिज कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले लिएको छ ।

करिव १७ अर्ब रुपैयाँ लागतमा बिस्तार भइरहेको यो सडक सम्पन्न भइसकेपछि डेढ घण्टामै बुटवलबाट नारायणगढ यात्रा गर्न सकिन्छ । हाल यस सडकखण्ड पार गर्न करिव तीन घण्टा लाग्ने गरेको आयोजनाका इन्जिनियर शान्तिराम दाहालले बताए ।

सडक फराकिलो बन्दैछ’, उनले भने, ‘३ घण्टाको बाटो डेढ घण्टामै पार गरिन्छ’। उनकाअनुसार खण्ड २ अन्तर्गत पर्ने बुटवल दाउन्नेसम्म ७ प्रतिशत काम सकिएको छ ।

3

तस्बिर: राजकुमार श्रेष्ठ

यो पनि पढ्नुहोस्

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)

निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested