English

खोटाङ र मनाङबाट ७५ जिल्लाले सिक्नुपर्छ यी कुरा !



गृह मन्त्रालयका अनुसार ७७ मध्ये ७५ जिल्लामा एक महिना भन्दा बढी कोरोना भाइरस लक्षित निषेधाज्ञा छ । तर, पूर्वको खोटाङ र पश्चिमको मनाङमा भने अहिलेसम्म निषेधाज्ञा लागेको छैन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्व­अनुशासनलाई कडाइका साथ लागू गरिरहेकोले संक्रमण दर बढ्न नपाएको बताउछन् ।
‘निषेधाज्ञा जारी गर्नुभन्दा स्व­नियमन र अनुशासन नै बढी प्रभावकारी देखियो’, उनी भन्छन्, ‘सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घसँस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ ।’

खोटाङमा अहिलेसम्म ८२९ जना सक्रिय संक्रमित पुगेका छन् । ६२० जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा ३१ जना मात्रै उपचारमा छन् भने बाँकी होम आइसोलेसनमा छन् । आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ ।

दुई हप्तादेखि नै मठमन्दिर, पूजापाठ, भीडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७ बजेदेखि ९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्दैछन्’, शर्माले थपे, ‘हामीले निषेधाज्ञा भने जारी गरेका छैनौँ ।’
निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै रहेको छ ।

त्यस्तै निषेधाज्ञा नलागेको अर्को जिल्ला हो मनाङ । यहाँ निषेधाज्ञा नलगाए पनि कोरोनाबाट जोगिन आवश्यक सबै स्वास्थ्य मापदण्डको पालना भएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसे बताउँछिन् । उनका अनुसार बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूले अनिवार्य १० दिन आइसोलेसनमा बस्नु पर्दछ । चालिसे भन्छिन् ‘सम्बन्धित पालिका वा कार्यालय प्रमुखले आइसोलेसनमा राख्ने सुनिश्चित नगरेसम्म जिल्ला प्रवेश अनुमति दिंदैनौ ।’

मनाङमा अहिले सक्रिय संक्रमीत ३० जना छन् भने संस्थागत आईसोलेशनमा ८ जना छन् । कोरोना रोकथामका लागि जिल्लाले जनताहरुमा सचेतना फैलाइरहेको र जसले कोरोनाको प्रकोप फैलिन नपाएको उनको भनाइ छ । निषेधाज्ञा नभए पनि भीडभाड गर्ने, अत्यावशेकका काम बाहेक घर बाहिर निस्किन दिइएको छैन ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।