English

के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?



कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । नेपालमा पनि दोश्रो लहरको कोरोनाका कारण गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।

मानिसहरु यति बेला घरमै बस्न बाध्य छन् । अझ विशेष त पछिल्लो समय मानिसहरु दोश्रो लहरको कोरोनाबाट त्रस्त बनेका छन् । यस्तो समयमा कतिपयको मनमा शारीरिक सम्बन्धबाट कोरोना सर्छ वा सर्दैन भन्ने जिज्ञासा लाग्न सक्छ ।

संक्र्रमितसँग हात मिलाउँदा, अंकमाल र चुम्बन गर्दा थुक वा र्‍यालका छिटाबाट कोरोना भाइरस अर्को व्यक्तिमा सर्ने विज्ञहरु बताउँछन् ।

हालसम्म भएका अध्ययनहरुका अनुसार पुरुषको वीर्य र महिलाको योनिरसमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छैन । तर कोरोना संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्ध राख्दा चुम्बन र अंकमाल हुने भएकाले र्‍याल र थुकको छिटा मार्फत कोरोना भाइरस सर्नसक्ने विज्ञहरुको भनाइ छ ।

यस्तो समयमा विज्ञहरु शारीरिक सम्बन्ध नराख्न नै सुझाव दिन्छन् तर दम्पत्ती दुवै जनाको स्वस्थ्य राम्रो छ भने सम्बन्ध राख्दम कुनै फरक नपर्ने उनीहरुको तर्क छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested