थप ३ हजार ९ सय ९४ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ३ हजार ९ सय ९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ३१ हजार १ सय ५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।