English

सानो पर्दाका कलाकारको पीडा : ‘छाक टार्नै धौ-धौ भइसक्यो’



कोरोना भाइरसका कारण गत वर्ष नौ महिनासम्म लकडाउन भयो । सो समयमा शिक्षा, यातायात, व्यापार व्यवसाय, चलचित्र लगायत मानिसको दैनिकीलाई उठ्नै नसक्ने गरी गिजोल्यो । त्यसको ९ महिनापछि फेरि कोरोनाको दोश्रो लहर आयो । जो पहिलोको तुलनामा झनै शक्तिशाली बनेर फर्कियो । जसका कारण सकरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा गर्यो । अहिले सबै क्षेत्र मारमा छन् ।

मानिसहरुको जनजीवन यसले अस्तव्यस्त बनाएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न भन्दै लगाएको निषेधाज्ञा डेढ महिना पुगिसकेको छ । तर पनि कोरोनाको प्रकोप कम भएको देखिँदैन । जसले सबैलाई अझै निषेधाज्ञाको समयावधि थप भए जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । कोरोनाले हरेक क्षेत्रमा प्रभाव पारिरहेको बेला कलाकारीता क्षेत्र पनि यसबाट अछुतो छैन । अझै, यसैबाट जीविकोपार्जन गरिरहेका टेलिफिल्म कलाकारहरुको अवस्था बेहाल छ ।

घनश्याम गौतम

घनश्याम गौतम कलाकारीता क्षेत्रमा लागेको लगभग २८ वर्ष भयो । विभिन्न टेलिचलचित्रहरुमा ‘प्रचण्ड’को भुमिका निर्वाह गर्दै आएका उनलाई दर्शकहरुले वास्तविक नाम भन्दा पनि ‘प्रचण्ड’कै नामले चिन्दछन् । कलाकारीता गरेर आफ्नो जीवनयापन गर्नेहरुलाई अहिले समस्या परेको उनी बताउँछन् ।

‘म एउटा कलाकार हुँ, साथसाथै स्क्रिप्ट राईटर तथा प्रशिक्षक पनि हुँ त्यसैले अहिलेसम्म आर्थिक अभाव त परेको छैन, तर, कलाकारीता मात्र गरेर आफ्नो परिवार पालेकाहरुलाई भने समस्या पर्न थालीसकेको छ’ , उनले भने, ‘लगभग २ वर्ष यता रामोसँग काम भएको छैन’, मेरा पनि धेरै कामहरु रोकीएका छन्, सधैँ काममा व्यस्त हुने भएकोले अहिले फुर्सदको समयमा स्क्रीप्ट लेखेर बसेको छु ।’

नेपाली कलाकारहरुको कमाई धेरै नभएकोले निषेधाज्ञा लम्बिँदा मारमा परेको उनी बताउँछन् ।

सुमन ढकाल

नुवाकोट ककनीकी कलाकार तथा मोडल सुमन ढकालले पनि टेलिभिजनमा काम गर्न थालेको ५ वर्ष पूरा भईसकेको छ । यो अवधिमा कलाकारीता क्षेत्र उनको राम्रो आम्दानीको स्रोत थियो । त्यसले जीवन धान्न सहज बनाएको थियो । तर निषेधाज्ञाले गर्दा टेलिभीजन कार्यक्रमहरु बन्द भएको र अन्य आय स्रोत नभएकोले आर्थिक अभावमा गुज्रिरहेको उनी बताउँछिन् ।

‘कलाकारिता क्षेत्रलाई नै आफ्नो पेशा बनाएकाहरुलाई अहिले आर्थिक अभाव भएको छ, उनले भनीन् ‘ म त अहिले परिवारसँग छु, मेरो काम नभए पनि परिवारको सहयोग छ, तर कलाकारीता गरेर परिवार पाल्नु पर्नेहरुको स्थिति धेरै नै नाजुक छ ।’

सुरेश तिमल्सिना

ललितपुरका सुरेश तिमल्सिना विगत ६ वर्षदेखि विभिन्न टेलश्रृङ्खलाहरुमा हास्य कलाकारको रुपमा कार्यरत छन् । तर लगभग ६ महिना यता सुटिङ रोकिएककोले उनलाई तनाव हुन थालेको छ ।

‘स्टेज कार्यक्रमहरु हुन पाएका छैनन्, गत वर्ष पनि लामो समय काम ठप्प थियो’, उनी भन्छन्, ‘सानो व्यवसायबाट जीविकोपार्जन भईरहेको छ, यसरी नै निषेधाज्ञा लम्बिदै गयो भने आर्थिक अभाव नपर्ला भन्न सकिदैन ।’

मेनुका कार्की

विगत ३ वर्षदेखि कलाकारीता क्षेत्रमा संलग्न रहँदै आएकी मेनुका कार्कीको पीडा पनि अरुको जस्तै छ । उनले पनि विगत एक वर्ष यता राम्रोसँग काम गर्न पाएकी छैनन् ।

उनी भन्छिन् ‘ठूलो पर्दाका कलाकारहरु जस्तो हामीलाई धेरैले चिन्दैनन्, सानो पर्दामा काम गर्ने कलाकारहरुको ठूला कलाकारहरुको जस्तो अन्य व्यवसाय पनि हुँदैन, जसले गर्दा हात मुख जोड्न नै गाह्रो भएको छ ।’

कलाकारीता मात्र गर्छु भनेर लाग्दा जीविको पार्जन गर्नै गाह्रो भएपछि अहिले पत्रकारिता गरेको उनी सुनाउँछिन् ।

एक छाक खानकै लागि समस्या पर्ने कलाकारहरु पनि नेपालमा रहेको बताउँदै उनले भनिन्, ‘सरकारले कलाकारलाई देशका गहना त भन्छ, तर कलाकारलाई अप्ठेरो पर्दा कुनै चासो दिँदैन ।’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested