English

कस्ता सामानबाट कोरोना सर्छ ?



दोस्रो लहरको कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिएको छ । यसले आम मानिस त्रसित भएका छन् । यसका साथसाथै कोरोना भाइरसका विभिन्न प्रजाति पनि विकासित भइरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सारा विश्वभर नै खोप अभियान सञ्चालन भइरहेको छ ।

समयसँगै विकसित भइरहेका कोरोनाका नयाँ प्रजाति धेरै नै घातक रहेको देख्न सकिन्छ । भियतनाममा त हावाबाट पनि फैलिने कोरोनाको नयाँ भेरियन्ट विकसित भइरहेको छ । तर आज हामी कोरोना भाइरस के के सामानबाट सर्न सक्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार यी सामानमा कोरोना भाइरस रहन सक्छः

-कपडा
-प्लास्टिक
-काठ
-धातु

-कागजमा भाइरस केही समय जीवित रहन्छन् । कोरोना चेक गराउँदा यी सामानमा रिपोर्ट पोजेटिभ देखिन स।क्छ । तर यी सामानहरु छोएर मान्छेमा सर्ने सम्भावना एकदमै न्यून हुन्छ ।

-बन्द कोठा वा हावा आसपास नहुने कोठामा केही समय भाइरस जीवित रहन सक्छ । यी ठाउँबाट मान्छेमा संक्रमण फैलिन सक्छ । तर खुल्ला र हावा पास हुने ठाउँमा कोरोना जीवित रहँदैन ।

-सूर्यको प्रकाशले भाइरस केही समयमै मर्छ र हावामा भाइरस फैलिने वित्तिकै पातलो हुने भएकाले मान्छेलाई संक्रमण बनाउने क्षमता कम हुन्छ ।

-हामीले मास्क लगाउने, नियमित हातधुने लगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालन गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्