सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
पोखरास्थित फेवातालको आडैका बाँस घारी यतिबेला साइबेरियन बकुल्लाले सेताम्य छन् । निषेधाज्ञाका कारण सुनसान फेवातालको सेरोफेरो यिनै चराको आवाजले गुञ्जायमान छ । गर्मी तथा वर्षायाम सुरु भएसँगै नेपाल आएका यी बकुल्ला जाडो सुरुवात भएसँगै पुनः साइबेरिया नै फर्कन्छन् । यिनीहरु विशेषगरी चल्ला कोरल्नका लागि नेपाल आउँछन् ।

यतिबेला फेवाताल नजिकै नेपाली सेना ब्यारेक परिसरको बाँस घारीमा बासस्थान बनाएर बच्चा हुर्काउँदै छन् । यी बकुल्ला केही महिनाअघि आएको र भदौ, असोजमा साइबेरिया नै फर्कने स्थानीयवासी बताउँछन् । साइबेरियन बकुल्लाको भीडले फेवातालतर्फ लागेको जो कोहीलाई पनि एकैछिन रोकिएर हेर्न बाध्य बनाउँछ ।
शुक्रबार मेरोलाइफस्टाइलको टीम फेवातालतर्फ लम्कँदै गर्दा तिनै बकुल्लाको चिरविर…आवाजले रोेकिन बाध्य बनायो । त्यही मौकामा बकुल्लाको जीवनशैलीलाई क्यामेरामा कैद गरेका छौं ।























तस्विरहरु : राजकुमार श्रेष्ठ
अण्डा कोरल्न साइबेरिया टु पोखरा | भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।