English

कोरोना भ्याक्सिन लगाएपछि देखिने यी समस्याबाट कसरी बच्ने ?



माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर खोप अभियान चलिरहेको छ । नेपालमा पनि कोरोनाको पहिलो र दोश्रो डोज गरेर करिव २२ लाख मानिसले खोप लगाइसकेका छन् । त्यसमध्ये ७ लाख मानिसले खोपको दोश्रो डोज समेत लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन् । नेपालमा हालसम्म कोरोना खोपपछि त्यसले निम्त्याएको डरलाग्दो असर नरहेको उनको भनाइ छ ।

कोरोना भ्याक्सिन लगाएकालाई कुनै समस्या नै नहुने भन्ने हुँदैन । एलर्जी, रगत जम्ने, ज्यान दुख्ने जस्ता सामान्य समस्याहरु देखिन सक्छन् । यी समस्या दीर्घकालीन भए भने हामीलाई नराम्रो असर गर्छ । यस्ता असरहरु केही समयभित्रमा आफैँ हराएर गएन भनेँ डाक्टरको सल्लाह लिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

‘कोरोना खोप लगाएपछि ठूलो समस्या आउने र एक पछि अर्को मृत्यु भएको भए त कोरोना खोप लगाउनै बन्द गरिन्थ्यो’, डा. पुनले भने, ‘कोरोना खोप लगाईसकेपछि पूर्ण रुपमा सुरक्षित भइन्छ र कोरोना लाग्दैन भन्ने चाहीँ हुँदैन, तर खोपले केही हदसम्म सुरक्षित गराउँछ ।’

बेलायतमा कोरोना भ्याक्सीन लगाएका केही मानिसमा रगत जम्ने समस्या आएको आएको भए पनि नेपालमा त्यस्तो कुनै गम्भीर समस्या नभएको विज्ञहरुको भनाइ छ ।

आफूले नियालेका संक्रमितहरुमा कोरोना खोप नलगाएका बिरामीहरु भन्दा एक डोज खोप लगाएकाहरु अलि छिटो निको भएको डा. पुनले बताए ।

त्यस्तै कोरोना खोप लगाएका व्यक्तिहरुमा खोपले कुनै पनि समस्या नदेखाएको संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदी बताउँछन् ।

‘सामान्य ज्यान दुख्ने र ज्वरो आउने समस्याहरु कसैकसैलाई देखिन सक्छ’, उनी भन्छन्, ‘विषेश गरी पहिलो डोज लगाउँदा धेरै जनालाई ज्यान दुख्ने, ज्वरो आउने भएको थियो तर दोस्रो डोज लगाउँदा एकदम कमलाई मात्र त्यस्तो समस्या भएको पाएका छौँ ।’

कोरोना खोप लगाए पछि हुनसक्ने असर ? र बच्ने उपायः

-खोप लगाएको ठाउँमा दुख्ने ।
-चिलाउने ।
-सुन्निएको जस्तो हुने ।
-टाउको दुख्ने र कसैकसैलाई ज्वरो आउने ।
-शरीर दुख्ने हुनसक्छ । यस्ता असर देखिए सिटामोलको सेवन गर्न सकिन्छ ।
-यदि कसैलाई एलर्जी भयो भने गम्भीर प्रवितिको असर हुनसक्छ । त्यसैले सबैले खोप लगाएपछि थोरैमा आधा घण्टा खोप लगाएकै स्थानमा बस्नुपर्छ ।
-कसैलाई खोप लगाउने बित्तिकै सास फेर्न गाह्रो भयो रिँगटा लाग्यो वा अन्य प्रकारको समस्या भयो भने नजिकै स्वस्थकर्मीहरुको सल्लाह लिनुपर्छ ।
-खोप लगाउनु भन्दा पहिले आफ्नो शारीरक स्वास्थ्य अवस्थाबारेमा चिकित्सँग परामर्श गरेर खोप लगाउनुपर्छ ।
-खोप लगाइसकेपछि आफ्नो शारीरिक स्वास्थ्यमा अनुकुल प्रतिक्रिया देखाउँछ कि प्रतिकुल भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।